चाउचाउ खादै हुनुहुन्छ होसियार ! वाइवाइ चाउचाउमा भेटियो अखाद्य बस्तु

- May 16, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । जंकफुटको रुपमा अत्याधिकमात्रामा रुचाईने पहिलो नम्बरमा पर्ने बस्तु हो ‘चाउचाउ’ । सोही चाउचाउले मानव स्वास्थ्यमा गम्भीर प्रकारको रोगहरु निम्त्याउने गरेको फेला परेको छ । चाउचाउमा प्रयोग गर्दै आएका अखाद्य रसायन र विभिन्न स्वादमा उत्पादन गरिएका गुणस्तहिन चाउचाउ खादाँ मानव स्वास्थ्यमा गम्भीर असरका साथै प्राणघातक रोगको शिकार हुदै आएको शोधकर्ताहरुले बताएका छन् ।

अमेरिकाको बेलर विश्वविद्यालय मेडिकल सेन्टरका शोधकर्ताहरुले गरेको अनुसन्धानबाट चाउचाउको सेवनले हृदयाघातदेखि मधुमेहसम्मका प्राणघातक रोग निम्त्याउने निष्कर्ष निकालेसंगै चाउचाउ खाँदा मानवस्वास्थ्यमा गम्भीर असर पर्ने प्रमाणित भएको छ । मधुमेहको सम्भावना चाउचाउ खानेहरुलाई बढी हुने निष्कर्ष शोधकर्ताहरुले प्रस्तुत गरेपछि विश्वभर चाउचाउविरुद्ध अभियान सञ्चालन भएपनि नेपालमा भने सरकारी कर्मचारीसंगैको मिलिमतोमा गुणस्तरहिन चाउचाउ उत्पादन गरेर बजारभरि बिक्रीकालागि लगिएको छ ।

यसरी सरकारी कर्मचारीले कागजमामात्र गुणस्तर रहेको प्रमाण पेश गरेर चाउचाउ भने गुणस्तरहिन उत्पादन गरि अत्याधिक मंहगोमा बिक्री गदै आएको कम्पनी हो चौधरी ग्रुपको ‘वाइवाइ चाउचाउ’ । सो कम्पनीले उत्पादन गरेर बजार पठाएको चाउचाउमा अखाद्य बस्तु भेटिएको छ ।

भक्तपुर क्षेत्रमा खुद्रा पसलमा खरिद गरेको वाइवाइ चाउचाउ कुहिएको र किरा परेसंगै धागो समेत भेटिएपछि अहिले सो बारे चौतर्फी बहस सुरु भएको छ । एकातर्फ सरकारी निकायमा बुझाएको विवरण भन्दा फरक तौल र गुणस्तरहिन उत्पादन गरेर मंहगोमा बिक्री गर्दै आएको सो चाउचाउ सुरुकै वर्षदेखि विवादीत बन्दै आएको थियो ।

पटकपटक अखाद्य बस्तु भेटिएसंगै सो चाउचाउ खाएपछि बालबच्चाहरु बढी विरामी परेसंगै कारबाहीको माग उपभोक्ताहरुले सरकार समक्ष राखेपनि हालसम्म कारबाही नगर्दा सो उपभोक्ताहरु ऋहिले गम्भीर प्रकारको रोगको शिकार बन्न पुगेका छन् । भने उता गुणस्तहिन चाउचाउ बेचेर बिनोद चौधरीले अकुत सम्पत्ती अबैधरुपमा बिदेश लगी विभिन्न उद्योगहरुमा लगानी गर्दै आएको छ ।

शोधकर्ताहरुले सो चाउचाउ सेवनका कारण हुने हृदयाघातलाई कार्डियो मेटाबलिक सिन्ड्रोम भनेर नामकरण गरेका छन् । शोधकर्ताहरुले तयारी चाउचाउको सेवनका कारण रगतमा कोलेस्ट्रोलको मात्रा समेत निकै बढी फेला परेको जनाएको छ । परम्परागत खानेकुरा खानेभन्दा चाउचाउ खाने महिलामा कार्डियो मेटाबलिक सिन्ड्रोम दुई गुणा बढी देखिएको समेत बताइएको छ ।

चाउचाउमा मोनो सोडियम ग्लुटामेट, बोसोका साथै पेट्रोलियम पदार्थ शुद्धीकरण गर्दा बाहिर रहने टर्सियरी ब्युटाइल हाइड्रोक्विनन्को समेत मिसावट गरेर उत्पादन गरिने गरेको छ । चाउचाउको सेवनले पाचन प्रक्रियालाई असन्तुलित बनाइदिँदा खाएको कुरा पचाउन गाह्रो हुने समेत गरेको निष्कर्ष शोधकर्ताहरुले गरेका छन् ।

नेपाल लगायत विश्वबजारमा बिक्री हुँदै आएको चौधरी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउमा अत्यधिक मात्रामा विषादी खाद्यवस्तु प्रयोग गरेको समेत पाइएको छ । तामिलनाडुको खाद्य प्रयोगशालामा गरिएको अनुसन्धान अनुसार वाइवाइ चाउचाउमा सात दशमलव ४३ गुणा बढी लिड (सिसा) रहेको पाइएको छ ।

दुई दशमलव पाँच पीपीएमभन्दा बढी लिड भएको चाउचाउ मानव स्वास्थ्यका लागि विष सरह मानिन्छ । वाइवाइ चाउचाउमा २५ दशमलव ४५ पीपीएम लिड रहेको पुष्टि सो प्रयोगशालाले गरेको छ । लिडको मात्रा दुई दशमलव पाँच प्रतिशतभन्दा बढी भएको खाद्यवस्तु सेवन गर्दा शरीरमा अक्सिडेन्टको मात्रा बढ्न गई क्यान्सरले आक्रमण गर्ने, हड्डी कमजोर हुने, मुटुका भल्भहरू साँघुरिँदै जाने, मस्तिष्कमा रक्त प्रवाह गर्ने नलीहरू सुनिने, मूत्राशयमा मासु पलाउने, फिस्टुला र पायल्सको समस्या बढ्नेलगायतका रोगहरू देखा परेका छन् ।

सो मापदण्डभन्दा बढी रसायन प्रयोग गरेको र भारतमा वाइवाइ चाउचाउमा एमएसजी र लिड भेटिएसँगै तत्काल बिक्री वितरणमा रोक लगाएको हालसम्म खुला गरिएको छैन । वाईवाई चाउचाउमा हालिने विभिन्न पदार्थमध्ये ‘मनोसोडियम गुल्टामेट’ (मासु, च्याउको जस्तो बास्ना र स्वाद बढाउने नुन जस्तो देखिने सेतो पदार्थ जसलाई अजिनोमोटो पनि भनिन्छ) को मात्रा बढी प्रयोग हुदै आएको भेटिएको छ ।

स्वास्थ्य सुरक्षित खानाको वकालत गरिने विकसित राष्ट्रहरुमा एमएसजीको विपक्षमा कैयौँ तर्क, आशंका र प्रमाण प्रस्तुत गरिएका खोजहरु भएका छन् । कतिपय मानिसलाई एमएसजी सह्य नहुने प्रामाणिक पुष्टि भने डा. हो म्यान कोकले सन् १९६९ मै प्रष्ट पारेका थिए । डा. कोकले एमएसजीका कारण पर्ने असरलाई ‘चाइनिज रेस्टुरेन्ट सिन्ड्रोम’ नामकरण गर्दै पुष्टि गरे, ‘एमएसजी हालिएको खाना खाएपछि दाँत–बङ्गारा कस्सिने, घाँटी, छाती र हातहरु चिसा कडा हुने, तिर्खा लाग्ने, मुटुको धड्कन बढ्ने, निन्याउरो हुने, बेहोस हुने, अनुहार र पेटमा चिटचिट पसिना आउने समस्या बढ्दै गएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको ‘द नेसनल इन्स्टिच्युट अफ हेल्थ’ ले मनोसोडियम गुल्टामेटको प्रयोगले नशा लाग्ने, उच्च रक्तचाप, हृदयाघात, अल्जाइमर, ब्रेन टयुमर, स्नायुसम्बन्धी दुःखाइ, उत्तेजना र उदासीपनजस्ता रोगका लागि कारक हुने प्रमाणित समेत गरेको छ । एमएसजी हालिएको चाउचाउ बच्चाहरुलाई खुवाउनु हुँदैन भनेर अन्तर्राष्ट्रिय खाद्य विशेषज्ञहरुले भन्दै आएका छन् । खुवाएमा क्यान्सरजस्तो भयानक रोग लाग्ने बताएका छन् ।

त्यसैले, खाद्य ऐन २०२३ अन्तर्गत खाद्यवस्तुको गुणस्तर निर्धारणसम्बन्धी २०५७ मा प्रकाशित राजपत्रमा, १२ महिनाभन्दा कम उमेरका बालबालिकाका लागि बनाइएको चाउचाउ भएमा एमएसजी अनुपस्थित हुनुपर्ने उल्लेख छ । त्यसमाथि एमएसजी हालिएको चाउचाउको लेबलमा चाहिँ सो पदार्थ हालिएको हुनाले १२ महिनाभन्दा कम उमेरका बच्चाले खानुहुँदैन भनेर लेख्नुपर्ने प्रावधान छ । उपयुक्त प्रावधान विपरित चौधरी ग्रुपले उत्पादन गरेको चाउचाउमा सो उल्लेख गरिएको छैन ।

अहिले विना अनुमति चौधरी ग्रुपले वाइवाइकै नाम दिएर चार प्रकारका चाउचाउ १४ स्वादमा उत्पादन गरेको भ्रामक प्रचार समेत गर्दै आएको छ । सरकारको सम्बन्धित निकायमा वाइवाइ चाउचाउ मात्र उत्पादनको अनुमति लिएको जनाइएको छ । तर बजारमा अगाडी वाइवाई लेखेर ४ प्रकारको चाउचाउ उत्पादन गरेपनि सरकारले सो बारे छानविन गर्ने आँट गरेको छैन । कम्पनी ऐन अनुसार सुरुमा दर्ता भएको ब्राण्डकै नाममा अर्को रुपरंगमा परिवर्तन गरेर उत्पादन र बिक्री वितरण गर्न नपाउने व्यबस्था गरिएको छ । तर चौधरी ग्रुपले सो व्यवस्थालाई लत्याउदै आएपनि सरकारी निकायबाट उन्मुक्ती दिदै आएको आरोप समेत लागेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!