मल्टी एयरलाइन्सले नेपालमा आधिकारिक रुपमा  आफ्नाे  सेवा  सुरु

- May 19, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विश्वभरीका २ सय ७५ ओटा अन्तर्राष्ट्रिय वायुसेवाहरुसँग टिकट वितरण संजाल भएको अग्रणी प्लेटफर्म मल्टी एयरलाइन्सले नेपालमा आधिकारिक रुपमा  आफ्नाे   सुरु गरेको छ। कम्पनीले नेपाली ट्राभल कम्पनी स्ट्रिम ट्राभल सर्भिसमार्फत नेपाली बजारमा मल्टि एयरलाइन्स प्लेटफर्म भित्रिएको हो। यो साझेदारी अन्तर्राष्ट्रिय यात्राको लागि सहज समाधान प्रदान गरेर यात्रा सेवाहरू रूपान्तरण गर्न तय गरिएको छ। नेपाली ट्राभल एजेन्सीहरुसँगको साझेदारीमा अन्तर्राष्ट्रिय यात्रुहरुलाई नेपालमा सस्तो, सुविधाजनक र आरामदायी यात्रा उपलब्ध गराउने लक्ष्य  साे कम्पनीले राखेको छ।

मल्टी एयरलाइन्सले आफ्नो उपस्थितिले हवाई यात्रुहरुलाई अन्तर्राष्ट्रिय यात्राका लागि टिकटमा अझै सहजता र सुलभ हुने जनाएको छ। ट्राभल एजेन्सीहरुलाई संसारभरका धेरै बिलिङ एण्ड सेटलमेन्ट प्लान (बीएसपी) मार्केटसँग जोड्ने जनाइएको छ। जारी विज्ञप्तीअनुसार, साझेदारीले नेपालका अन्तर्राष्ट्रिय यात्रुहरूलाई नेपालमा उपलब्ध सस्तो, सुविधाजनक र आरामदायी यात्रा विकल्पहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन उनीहरूले दशकौंसम्म उपभोग गर्न सकेका छैनन्।

‘यो प्लेटफर्मले ट्राभल एजेन्टहरुलाई ग्लोबल एयरलाइन्स, स्थानिय भाँडा र टिकटसँग सम्बन्धित समाधानमा पहुुँच पुर्‍याउन र क्षमता विकासमा मदत गर्ने छ,’ विज्ञप्तीमा भनिएको छ,‘जस्ले गर्दा टिकट कारोबारमा सहज लेनदेन सुनिश्चित गर्ने छ ।’ कार्यक्रममा मल्टि एयरलाइन्सका सीईओ क्लिफर्ड क्रिस्टोफर र स्ट्रिम ट्राभल सर्भिसका प्रबन्ध निर्देशक भैभव विक्रम राणा, कन्ट्री म्यानेजर ट्राभलपोर्ट (ग्यालिलियो नेपाल) रिजवी रशिदले सम्बोधन गर्दै साझेदारीको लागि आफ्नो दृष्टिकोण व्यक्त गरेका थिए।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट