भारतका पुर्व प्रधानमन्त्रीका छोरा माथी यौन शोषणको आरोप

- April 29, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नयाँदिल्ली । पूर्व प्रधानमन्त्री एचडी देवगौडाका छोरा एचडी रेवन्ना र नाति प्रज्वल रेवन्नाविरुद्ध यौन शोषणको आरोपमा एफआईआर दर्ता भएको छ ।

एचडी रेवन्ना कर्नाटक सरकारमा पूर्व मन्त्री भइसकेका ब्यक्ति हुन । । प्रज्वल रेवन्ना कर्नाटकको हसन लोकसभा सीटबाट सांसद र जीडिएसका उम्मेदवार हुन्।

उनीहरुले घरमा भान्सामा काम गर्ने एक महिलाको उजुरीको आधारमा होलेनारसीपुर प्रहरी चौकीमा उजुरी दर्ता भएको हो । यसअघि सामाजिक सञ्जालमा अश्लील भिडियो भाइरल भएको थियो । त्यसपछि राज्य सरकारले २७ अप्रिलमा एसआईटीलाई अनुसन्धान गर्न आदेश दिएको थियो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट