सिल्क ग्रुपका अगाडी तातोपानी भन्सार प्रमुख केसी निरिह : आयात निर्यातको नाममा सुनको कारोबार

- April 4, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । तस्कर र भ्रष्टाचारीका अगाडी नेपाल सरकारका कर्मचारी निरिह बनेका कारण खुला रुपमा अबैधधन्दा र तस्करको हालिमुहाली चल्दै आएको छ । अबैधधन्दाको नियन्त्रण गर्ने पर्ने निकायनै व्यापारीहरुको अगाडी निरिह बनेको भेटिएको छ सिन्धुपाल्चोक जिल्लामा पर्ने तातोपानी भन्सार कार्यलयका कर्मचारी । सरकारी तलबभत्ता र सेवा सुविधा खाने तर काम भने तस्करी सामानको आयात गर्नेलाई सहज हुनेगरि गर्ने भन्सार प्रमुख हुन दयानन्द केसी ।

उनी एक व्यवसायी अर्थात सिल्क ग्रुपका रमेश शेर्पाको निर्देशनमा चल्ने गरेको आरोप समेत लगाएका छन् । गत महिना भन्सार विभागले सवै भन्सार कार्यालयहरुमा अन्तराष्ट्रिय भन्सार दिवस मनाउन आदेश दिएपछि तातोपानी भन्सार कार्यालयमा भने अनौठो दृष्य देखिएको थियो ।

सो कार्याक्रममा प्रमुख भन्सार अधिकृत अधिकारी हातमा खादा लिएर सिल्क ग्रुपका अध्यक्ष शेर्पाको पछि पछि लागेर खादा र माला भने शेर्पाले लगाएका थिए । यसबाटै प्रष्ट हुन्छ प्रमुख भन्सार अधिकृत अधिकारी सरकारी तलबभत्ता खाएर तस्करको सेवामा रातदिन लागी परेको अन्य व्यवसायीहरुले बताएका छन् । सो कार्य गर्नमा पुर्वमन्त्री तथा साँसद मोहनबहादुर बस्नेत परिवारको सहयोगमा हालै निर्वाचित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतको योजनामा सो कार्य भएको आरोप समेत उनी निकट व्यवसायीहरुको भनाई रहेको छ ।

सरकारी कर्मचारी र साँसदको संरक्षणमा उद्योग वाणिज्य संघको योजनामा गत वर्ष सेटिङ मिलाएर मल खरिद गर्ने जिम्मेबारी समेत उनै शेर्पाको कम्पनीलाई दिएको थियो । जुन मल ल्याउने बहानामा अर्बौं रुपैयाँको सुन नेपाल भित्राएर भारत लगेर बेचेपछि अहिलेसम्म सो मल तातोपानी भन्सार नाकामै अलपत्र रहेको छ । सरकारले मल आयात गर्न नसके पछि चीनको तातोपानी नाका हुँदै तस्करीको माध्यमबाट अर्बौंको रासायनिक मल नेपालमा भित्रने कार्य समेत उनै शेर्पाले गरेका थिए ।

चीनबाट तस्करीको मल भित्राउनेमा सिल्क ट्रान्सपोर्टका रमेश शेर्पा र सुनिल गोयलले सेटिङ मिलाए । उनीहरुले मल आयातको नाममा अर्बौ रुपैयाँको सुन चीनबाट भारत लैजाने ठेक्का लिएका थिए । सिधै सुन लैजादाँ सवैको नजर पर्ने भएपनि सरकारी निकायकै मितिमतोमा मल आयातको नाममा सुन ल्याई भारत छिराएपछि सो समयमा ल्याएको मत अहिले भन्सार यार्डमा रहेको छ ।

जुन अहिलेसम्म बजार लगिएको छैन । सुन भारत पु¥याएपछि सो मल आयात गर्ने सिल्क ग्रुपले मल भन्सारबाट बाहिर ल्याउन नै चाहेको छैन । नेपालमा टेण्डर प्रक्रियाबाट मल आयात हुन नदिने र तस्करीको मल भित्राएर कालोबजारीमा बिक्री गर्ने कार्यका ग्रान्ड डिजाइनर भने सुनिल गोयल हुन् । उनका बिरुद्ध राजस्व छलीको उजुरीमा छानबिन सुरु भएपछि उनको भेट १ बर्षअघि राजस्व अनुसन्धान विभागका तत्कालीन निर्देशक दयानन्द केसीसँग भएको थियो ।

गोयलले केसीसँग भेटेपछि राजस्वको छानबिन ढिसमिस पारिदिए । गोयलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा बालुवाटारकी शक्तिशाली स्वकीय सचिव गंगा दाहालसँग कनेक्सन रहेको बताइएको छ । त्यही कनेक्सनका आधारमा गोयलले दाहालमार्फत् तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई भनेर उपसचिव केसीलाई भन्सार विभाग हुँदै तातोपानी भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा सरुवा गराउन सफल भएको बताइएको छ ।

शेर्पा र गोयलको समूहले तस्करीको मलमात्र होइन, चीनबाट सिल्क ट्रान्सपोर्टले सुन समेत ल्याउने समुह हो । दयानन्द केसीलाई तातोपानी भन्सारको प्रमुख भन्सार प्रशासक बनाएपछि रमेश शेर्पासँग मिलेर गोयलले चीनबाट निर्बाध रुपमा नेपालमा मल तस्करी गरिरहेको स्रोत बताएपनि त्यो मलमा सुन भित्राउने गरेको आरोप लागी रहेको छ । बालुवाटारकै संरक्षणमा गोयल र शेर्पाले मल तस्करी गरेका छन् । तस्करीको मल भन्सारकै मिलेमतोमा तातोपानीबाट नेपालमा भित्रिरहेकोबारेमा भन्सार प्रशासक दयानन्द केसी भने सम्र्पकमा आएनन ।

चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पाको लगानी रहेको सिल्क ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनरबाट विभिन्न सामानको आयातको नाममा सुन र अबैधबस्तुको ओसारप्रसार गर्दे आएको आरोप लागेपनि सो बारे अनुसन्धान र छानविन गर्न सरकारले आँट गरेको छैन ।

शेर्पाले लसुन, फलफूल ल्याएको भन्दै सुन नेपाल भित्राउदै आएका छन् । ५/७ बर्षअघिसम्म सामान्य झोलेपोके काम गर्दै आएका साविक गाती गाविसका रमेश बाह्रविसे नगरका पूर्व मेयर निमफुन्जो शेर्पाका भान्जा हुन् । उनी सामान्य परिवार रहेको छ ।

को हुन् भन्सार प्रमुख दयानन्द केसी ?

तातोपानी भन्सारका प्रमुख दयानन्द केसी अर्थका अर्बपति उपसचिव हुन् । उनी रसुवा भन्सार, एयरपोर्ट भन्सारदेखि राजस्व अनुसन्धान विभागमा हुँदा विवादमा परिरहने पात्र हुन् । रसुवा भन्सारमा भएको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको अकूत सम्पत्तिको उजुरी उनले दीप बस्नेत प्रमुख आयुक्त भएको समयमा तामेलीमा राख्न लगाएका थिए ।

दीप बस्नेतका पीए राजस्व समूहकै अधिकृत लक्ष्मण बास्तोलामार्फत् डिल गरी केसीले उजुरी तामेलीमा राख्न लगाएका थिए । बाँस्तोला पनि तातोपानी भन्सारमै कार्यरत छन् । बाँस्तोला रसुवा भन्सार कार्यालयमा दरबन्दी भए पनि दीप बस्नेत प्रमुख आयुक्त हुँदा उनको पीएमा बसेका थिए । दीप बस्नेतले बाँस्तोलामार्फत् राजस्व समूहका अधिकृत र उपसचिवहरुको उजुरी दररेट तोक्दै असुुली गरी तामेलीमा राखेको आरोप लागेको थियो ।

सहज नाका अबैध आम्दानी

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ को बाह्रबिसे–तातोपानी क्षेत्रमा उब्जाउ कम हुने हुँदा यस क्षेत्रका बासिन्दा खेतीपातीभन्दा ‘सजिलै पैसा आम्दानी’ तिर आकर्षित भएका हुन । यहाँ एकअर्कामा कसैले कसैको विश्वास गर्दैनन् । यहाँ कसैलाई पढ्ने फुर्सद छैन । पैसा कसरी कमाउने भन्ने मात्रै ध्याउन्न हुने गरेको छ । सहज तर धेरै आम्दानी यहाँको आकर्षण भएको छ ।

जसका कारण पैसाकालागि जस्तो अबैध कार्य गर्न पनि यहाँका व्यापारीहरु पछि नहट्ने गरेका छन् । राजधानीदेखि १ सय १४ किलोमिटरको दूरीमा रहेको तातोपानी गैरकानुनी व्यापारका लागि कतिसम्म कुख्यात छ । यहाँबाट के–के मात्र चीनतर्फ जान्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

पछिल्लो समय विभिन्न प्रजातिका हिमाली च्याउ ठूलो मात्रामा ओसारपसार समेत हुने गरेको छ। त्यसलाई तस्करहरूले तातोपानीसम्म पु¥याउन वन कार्यालयको अनुमतिपत्र बनाएको भेटिएको छ । वन्यजन्तुका अंग परम्परागत चिनियाँ औषधी बनाउनेदेखि आधुनिक पहिरन र खान्कीसम्ममा प्रयोग हुने गरेको छ सो को अबैध निर्यात समेत नेपाली व्यापारीहरुले गर्दै आएका छन् । यसरी सो नाकाबाट सरकारी कर्मचारीदेखि व्यापारीहरुको सेटिङमा हुदै आएको अबैधधन्दाका कारण देशको अर्थतन्त्रमा समेत ठूलो नोक्सानी पर्न गएको छ ।

र यो पनि अध्ययन गर्न छुट्यो की ?

सिल्क ग्रुपलाई भन्सार प्रमुखको संरक्षण : फेरिँदै बाटो, बदलिँदै अनुहार

शिल्क ग्रुपलाई सरकारकै संरक्षण : मन्त्रीदेखि पत्रकारसम्मलाई कमिशन !!!

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

शिल्क ग्रुपको अबैधधन्दा : सुन र डलरका कारोबारी शेर्पाको सरक्षणमा मन्त्री

सिल्क ग्रुपका सञ्चालक शेर्पाले लिए अबैध सामान छुटाउने ठेक्का : प्रधानमन्त्रीको सचिवालयमै दिन्छन धर्ना

सिल्क ग्रुपका सञ्चालक शेर्पाले लिए अबैध सामान छुटाउने ठेक्का : प्रधानमन्त्रीको सचिवालयमै दिन्छन धर्ना

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

नाकामा विवादः आयात प्रभावित

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…

तातोपानीबाट मल तस्करी : रमेश शेर्पा र गोयलको सेटिङ

प्रहरी स्कटिङमा तातोपानी भन्सारबाट रमेशले यसरी गरे सुन तस्कर…

सिल्क ग्रुपमाथी सरकारले कारबाही नगर्दा अबैध सामान खुलेआम आयात

सिल्क ग्रुपको छैन चीनमा गोदाम : नक्कली गोदाम धितो राखेर अर्बको कर्जा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!