October 16, 2024, 10:23 am
» जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता » प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने

दशैंको टीका र जमरा थाप्ने क्रम जारी, काठमाडौँ उपत्यकामा बढ्याे चहलपहल

अशोज २८, २०८१ मा प्रकाशित | १२०दर्शक तीव्रखबर

काठमाडौं । काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ ।

दसैँमा सुनसान देखिएका सङ्घीय राजधानी काठमाडौँका सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

दसैँका लागि उपत्यका बाहिर गएकाहरु पनि काठमाडौँ फर्किने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार आज उपत्यकाका सडकमा निजी सवारी साधन बढी देखिएका छन् । दसैँ अवधिमा काठमाडौँ उपत्यकामा छिटपुट बाहेकका ठूला सवारी दुर्घटना नभएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्य वर्षको तुलनामा यो वर्ष काठमाडौँ उपत्यकामा ठूला सवारी दुर्घटना भएनन् । हाम्रा लागि यही राम्रो कुरो हो । दसैँ सबैले राम्रोसँग मनाउन पाए, हामी खुसी छौँ ।” अहिले यहाँका सडकमा सवारी साधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रुपमा बढ्न थालेको छ ।

दशैंको टीका र जमरा थाप्ने क्रम जारी,सार्वजनिक बिदा आजसम्म

दसैंको द्वादशी आज पनि अधिकांस स्थानमा टीका लगाउने क्रम जारी रहेकोछ। विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने छ।

टीकाको दिन आआफ्ना घरमा मान्यजनको हातबाट टीका लगाएसँगै टाढा रहेका आफन्तकोमा टीका लगाउने जाने प्रचलन रहेको छ।

कतिपय स्थानमा भने विजयादशमीको दिन मात्र टीका–लगाउने परम्परा छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम पनि सकिनेछ।

फूलपातीका दिन बिहीबार शुरु भएको बडादशैँको सार्वजनिक बिदा आजसम्म रहेको छ।

भोलिदेखि कार्यालय खुल्ने भएपछि काठमाडौंबाट गाउँ गएकाहरू फर्किने क्रम पनि सुरु भइरहेको छ।

प्रतिक्रिया