November 21, 2024, 5:30 pm
» इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी » घुस लिएको भन्ने अमेरिकी आरोप निराधार भएको अदानी समूहको दाबी » हवाईभाडा अनुगमन कार्यदल गठन » चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि » स्याङ्जामा एक जनाको शव फेला

जहाँ नेपालकै सस्तो मुल्यमा कफी पिउन पाइन्छ !

माघ १०, २०७७ मा प्रकाशित | २०४०दर्शक तीव्रखबर

अर्जुन न्यौपाने । तपाईंहरुले सामान्य कति रुपैयाँमा कफी पिउनु  हुन्छ ?  पक्कै कफीको चल्तिको औसत मुल्य  १ सय २० रुपैयाँ देेेखि सुरु  हुन्छ  । यो भन्दा  सस्तो मुल्यमा त कफी पाइदै पाइन्न । तर, अब पोखराको नयाँबजारमा अवस्थित y5 रेस्टुरेन्टमा नेपालकै सस्तो मुल्यमा कफी पाइने भएको छ । नयाँ सेवा सुविधासहित माघ १ गते देखि सञ्चालनमा आएको यो रेष्टुरेण्टमा ५५ रुपैयाँमा नै ग्राहकले Americano , Cappuccino, Espresso मा अर्गानिक कफिको स्वाद लिन सक्नेछन् ।

पोखरामा बढेको कफी कल्चरलाई मध्यनजर गर्दै सस्तोदरमा कफी उपलब्ध गराउन लागिएको संचालक रञ्जित दनैले बताए ।

कफि पारखीहरुको आत्मसम्मान गरेर सस्तो मूल्य थोरै मुनाफा राखिएको दनैको भनाइ छ ।

कफीसंगै अन्य खाना र खाजाका आइटमहरु उपलब्ध हुने रेष्टुरेण्टमा इन्टरनेट र पार्किङ स्पेसको समेत राम्रो सुविधा  रहेको छ ।

प्रतिक्रिया