तीव्रखबर
काठमाडौँ । ‘विजेता इको कम्युनिटी’सँग जोडिएका प्रश्नसँगै खनाल परिवारको सामाजिक व्यवहार, पारिवारिक सम्बन्ध, जजमानी परम्परा, जातीय मान्यतासम्बन्धी धारणा, छिमेकीसँगको सम्बन्ध र विदेशसँगको सम्पर्कलाई लिएर रुप्सेटार तथा सुन्दरीजल क्षेत्रमा विभिन्न चर्चा र गुनासा सुनिने गरेका छन्। समाज सुधारमा ब्राह्मण समुदायले ऐतिहासिक भूमिका खेले पनि आधुनिक समयमा जातभात र छुवाछुतका पुराना मान्यतालाई निरन्तरता दिँदै अरूलाई उपदेश दिने तर आफ्नै व्यवहारमा फरक मापदण्ड अपनाउने प्रवृत्तिले समग्र समुदायको प्रतिष्ठामाथि प्रश्न उठ्ने गरेको छ। स्थानीयवासीका आरोप र गुनासाका आधारमा खनाल परिवारको व्यवहारमाथि पनि प्रश्न उठेका छन्।
बद्री खनालका भाई विनोदको विवाह गरेपछि नै यो परिवार विदेशीसँग जोडिएको हो । विनोदले विवाह गरेकी विनीता विवाह हुनु करिब एक दशकअघिदेखि नै स्पेन बस्थिन् । खनाल परिवारमा उनको विवाहको प्रस्ताव आयो ।
प्रस्ताव बद्रीकै कान्छी बहिनी ज्वाइँले ल्याएका थिए । प्रस्तावसँगै युरोपमा बस्ने केटी विवाह गरेर परिवार मालामाल हुने, युरोप पानी, पँधेरा हुने, डलर खेती गर्न पाइने आशा कान्छी बहिनी ज्वाइँका तर्फबाट प्रस्तुत गरियो । तर यसका लागि जातसँग सम्झौता गर्नुपर्ने बाध्यता खनाल परिवारमा छलफल भयो । विनीता गोरखातिरकी जैसी बाहुनकी छोरी थिइन् । खनाल परिवार उपाध्याय बाहुन भएको र त्यहाँका धेरै घरमा जजमानी पनि धानिरहेकाले यो छलफलले समय लिएको र त्यो विषय गाउँमा पनि ओपन सेक्रेटको शैलीमा चर्चामा थियो ।
पारिवारिक पृष्ठभूमिको प्रसँग सुनाउँदै बद्रीकी जेठी बहिनीले यस्तो अवस्थामा विदेश बस्ने ती विनीतासँग सम्बन्ध गाँस्नु नहुने प्रस्ताव गरेको भनी बद्रीकी श्रीमती ईश्वरी खनालले आफ्नो घरका महिलालाई सुनाएको यस विषयमा तीव्रखबरलाई जानकारी दिँदै आएका एक वृद्धले बताए । उनका अनुसार खनाल परिवार र उनीहरुका आमा बाबुले बाहुनकै छोरी विवाह गर्ने परिवारलाई एक तह घटुवा गरी जैसीको दर्जा दिएर अपमान गरेको पनि सुनाए ।
लामो समयको पारिवारिक रस्साकस्सीपछि खनाल परिवारले एक दशकभन्दा बढी समय एक्लै स्पेन बसेकी विनीतालाई कान्छी बुहारीका रुपमा घरमा भित्र्याए । छिमेकको उनका दाजुभाई कोही गोरखासम्म जन्त गएको र कोही नगएको पनि ती वृद्धले स्मरण गरे । बुहारी ल्याएको भोलिपल्ट खनाल परिवारले जग्गेलगायत कर्म सकेपछि खाना खान भित्र पसेका बेला नयाँ आएकी कान्छी बुहारीले नै खाना पस्केर खुवाएको देखेको पनि स्थानीयवासीले सुनाए । आफूहरुले नयाँ बुहारीले पकाएको खाना थपी थपी खानुपर्छ भनी भनेको पनि उनले जानकारी गराए ।
बद्रीका बाबु त्यस क्षेत्रमा धेरै जजमान गर्ने पुरेतमा कहलिएका थिए । उनले र उनका ज्वाइँ, भाञ्जालगायत कुटुम्ब उनीहरुले पनि जजमानी गर्थे । सबै बसेर एक दशकभन्दा बढी समय स्पेन बसेकी बुहारीले पकाएर पस्केर दिएको खाना खाएका थिए । गाउँ, छिमेकमा अरुलाई जातका नाममा भेदभाव गर्ने खनाल परिवारले घरमै बुहारीका रुपमा दशकौँ विदेश बसेकी महिला भित्र्याएर भातभान्सा चलाएर अरुलाई अन्याय गरेको सुन्दरीजलवासी बताउँछन् ।
अरुलाई बाहुनकै छोरी विवाह गरेर ल्याउँदा पनि जात घटुवा गर्ने खनाल परिवारले भने जैसी बाहुनकै छोरी विवाह गरेर नाटक गरेको विनीताका बाबु आएर छिमेकीसँग कुरा गर्दा हामी त जैसी हौँ भनी स्वीकार गरेपछि यस क्षेत्रका वल्लो पल्लो गाउँसम्म चर्चाको विषय बनेको पनि ती वृद्धले सुनाए । यो कुरा बद्रीकी श्रीमतीले पनि घरकी दुईवटी बुहारीमध्ये आफू बाहुनकी छोरी हुँ, ठूली हुँ भन्ने पार्नलाई छिमेकीका घर घरमा गएर देउरानी जैसीकी छोरी भएको बताउने गरेकी त्यहीँका स्थानीयवासीले बताएका छन् ।
यो घटनापछि बद्रीका बाबु दण्डपाणी खनालले जजमानी नगर्ने भनी आफन्तलाई ल्याएर अब यिनले गर्छन् भनी चिनाएका थिए । जैसीसँग सम्बन्ध गाँसेको थाहा पाएर गाउँलले सामूहिक रुपमा पुरेतबाट निस्कासन गरेर बेइज्जत गर्छन् भनी उनले आफैँ अब जजमानी नगर्ने भनी आफन्तलाई सबैतिर कर्म गराउन लगाएका थिए । दण्डपाणीले लगेर कर्म गर्न लगाएको केही वर्षपछि अब सबैले पुराना कुरा बिर्से भनी सबै घरमा उनी आफैँ जाँदै अब तिनले भ्याउँदैनन्, म आफैँ आउँछु भनी श्राद्ध आदि पुरेत्याइँ कर्म गर्न थालेका थिए । यसै सन्दर्भमा एक जजमानले त तपाइँको घरबाट कुकुर पठाए पनि हामी तिनलाई पुरेत लगाउँला भनी खनाल परिवारलाई व्यँग्य ठोकेका थिए । यतिसम्म पनि नबुझी दण्डपाणी लुरुलुरु लाज पचाएर फेरि जजमान गर्न आउन थालेको विषय पनि यस क्षेत्रमा चर्चामा रहेको छ ।
यतिमात्र नभई बद्रीकी श्रीमती ईश्वरी र बाबु दण्डपाणीले टोल छिमेकका छोरीको विवाह भाँड्नका लागि भए, नभएका कुरा लगाउँदै हिँड्ने गरेका थिए । यति गर्दा पनि छिमेककी ती छोरीको विवाह नभाँडिएपछि खनाल परिवारलाई भाmपड मिलेको थियो । यतिमात्र होइन, बद्री, उनकी आमा नेत्रकुमारी, बाबु दण्डपाणी र श्रीमती ईश्वरी मिलेर छिमेकी दाजुभाईकाबीच जग्गा विवाद गराएर अदालतसम्म मुद्दा लिएर जाने वातावरण बनाएर त्यस क्षेत्रको विकृतिको भाँडकै रुपमा काम गरेको स्थानीयवासीहरुको गुनासो छ ।
हिन्दू शास्त्र अनुसार पुरेत्याइँ गर्ने बाहुन शुद्ध आचरणमा बस्नुपर्ने हुन्छ । तर खनाल परिवारले भने आचरणमा नबसी मनपरी गरिरहेको स्थानीयवासी बताउँछन् । धर्मका नाममा गुण्डागर्दी गर्ने हिन्दी सिनेमाका दृश्य अहिले सुन्दरीजल क्षेत्रमै देख्नुपरेको पीडित सुन्दरीजलका खनाल परिवारका एक जजमान बताउँछन् । स्वार्थ मिले मात्र जजमानी गर्ने नत्र नजाने गरेर पनि खनाल परिवारले यहाँका मानिसलाई दुःख दिएका छन् ।
यति गरे वापत् बद्रीको परिवारका सदस्यले पटकपटक युरोपको भ्रमण गर्ने अवसर पाएका छन् । दण्डपाणी र उनका दुवै श्रीमती वर्ष, दुई वर्ष बिराएर युरोप भ्रमण गर्ने गरेका छन् । अझ विदेशी घरमै आउन थालेपछि त बद्रीको घर नेपाली संस्कारभन्दा पनि युरोपको विकृत स्वरुपमा परिणत भएको छिमेकीको गुनासो गरेका छन् । जहाँ आउने विदेशी नाँगै विभिन्न गतिविधिमा संलग्न भएको देख्न बाध्य हुनुपरेको पनि उनीहरुको गुनासो छ ।
यो पनि पढ्नुहोस्
‘विजेता इको कम्युनिटी’देखि जजमानी विवादसम्म : खनाल परिवारमाथि स्थानीयका अनेक प्रश्न !
विजेता इको कम्युनिटीका नाममा डलर खेती : बद्री खनाल परिवारको यस्तो छ स्वार्थी पृष्ठभूमि
प्रतिक्रिया