October 22, 2026, 7:15 pm
» दशैंको टीकाको दोस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी » उपत्यकाका सडकमा सवारी चाप बढ्दै » ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन » दशैं विदामा घुम्नैपर्ने १५ विशेष गन्तव्य : पोखरादेखि रारासम्म, नेपालकै अनुपम सौन्दर्य ! » देशभर दशैंको उल्लास, मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी !

विजेता इको कम्युनिटीका नाममा डलर खेती : बद्री खनाल परिवारको यस्तो छ स्वार्थी पृष्ठभूमि

भदौ १४, २०८३ मा प्रकाशित | ८९०४ दर्शक तीव्रखबर

काठमाडौँ । साविकको नयाँपाटी गाविस वडा नं. २ रुप्सेटारमा पहिले खनाल थरका मानिसको बसोवास थिएन । पोखरेल थरका एक व्यक्तिका दुई छोरी भए । छोरा थिएनन् । यो गाउँमा पोखरेल र खड्का परिवारको मात्र बसोवास थियो ।

बद्री खनालकी आमा अर्थात् पोखरेलकी जेठी छोरीको विवाह सिन्धुतिरका खनाल थरका व्यक्तिसँग भयो । सुरुका दिनमा सोझा ती खनाल छोरा नभएको ससुराली घरमै घरज्वाइँ बनेर बसे । खनाल दम्पतीबाट छोरा, छोरी गरी करिब आधा दर्जन सन्तान भए ।

पोखरेलकी कान्छी छोरी उमेरले जेठी छोरीभन्दा कम उमेरकी भएकीले बद्रीकी आमाले नै धेरै डिजाइन गरिन् । नेत्रकुमारी खनाल नाम गरेकी ती महिलाले बहिनीलाई आफ्नो सौता बनाएर सबै सम्पत्ति आफ्ना सन्तानलाई दिलाउने प्रपञ्च रचिन् । उनका बुढा पिछडिएको ग्रामीण भेगबाट आएका सोझा व्यक्ति भएकाले त्यसै अनुरुप चल्न बाध्य भए ।

कुनै पनि महिलाले आफ्नो सौता बनाउन चाहँदैनन् । तर नेत्रकुमारी खनालले भने बच्चा नजन्माउने शर्तनामा गराएर बहिनीलाई सौता बनाई बाबुका नाममा भई उनीहरुको शेषपछि सबै सम्पत्ति आफ्ना सन्तानका नाममा हुने वातावरण बनाइन् । स्थानीय एक वृद्धका अनुसार कान्छीलाई उनीहरुले बरु तल्लो जातका मानिससँग विवाह गर, तर दिदीको सौता नबन भन्दा सम्मोहनका माध्यमबाट दायाँबायाँ हुन नसक्ने बनाइसकेको पाएको तीव्रखबरलाई जानकारी गराए ।

नेत्रकुमारीकी जेठी छोरी र उनकी बहिनीबीचमा उमेरमा धेरै फरक नरहेको जानकारी पनि ती वृद्धले गराए । आफ्नै बहिनीलाई अन्याय गरेर सौता बनाएर आफ्ना सन्तानलाई पोस्न नेत्रकुमारीले निकै मिहीनेत गरेको रुप्सेटारका वृद्धहरु बताउँछन् । जसका कारण अहिले बहिनीभन्दा नेत्रकुमारी कम उमेरकी देखिन्छन् । नेत्रकुमारीले जीवनभर बहिनीलाई प्रयोग गरेर आफ्नो स्वार्थमा खेलाएकाले अहिले उनको स्वास्थ्य कमजोर भएर गएको र नेत्रकुमारी भने छोरीको उमेर सरहकी बहिनीभन्दा अहिले कम उमेरको देखिने गरेको रुप्सेटारका स्थानीय वृद्धवृद्धा बताउँछन् । नेत्रकुमारीका सोझा बुढा जेठी बुढीको प्रशिक्षणबाट उनीभन्दा चर्का अत्याचारी हुँदै गए । घर ज्वाईँ भएर बस्न आएको स्थानमा उनले ससुराली खलककै जग्गा मिचेर दिनुसम्म दुःख दिएको पनि रुप्सेटारवासीका मनमस्तिष्कमा अहिले पनि ताजै छ ।

खनाल परिवारले अहिले गरिरहेको डलर खेतीसँग यो परिवारको पृष्ठभूमि जोड्नुको मतलब हो –धन सम्पत्तिका लागि यो परिवार कतिसम्म गिर्न सक्छ भन्ने देखाउनु । पैसाका लागि जे पनि गर्ने पृष्ठभूमिको भएकैले खनाल परिवारले अहिले डलर खेतीका माध्यमबाट पैसा ल्याउन गर्नुसम्मको हर्कत देशविदेशबाट गरिसकेका छन् । धन, सम्पत्तिकै अर्को कस्तो कृत्यका माध्यमबाट बद्री खनालका भाई विनोद युरोप हानिए र त्यहाँ के के गरे भन्ने विषयको समाचार पनि तीव्रखबरले खोजी गरिरहेको छ । यस सम्बन्धी केही विवरण भने प्राप्त भइसकेको छ । तीव्रखबरले प्राप्त प्रमाण, सरकारी अभिलेख, आर्थिक कागजात र सम्बन्धित पक्षको प्रतिक्रियाका आधारमा यस विषयमा थप खोजमूलक सामग्री क्रमशः प्रकाशित गर्नेछ ।

यो पनि पढ्नुहोस्

विदेशी सहयोगको नाममा वर्षौंदेखि ‘डलर खेती’ ? खनाल परिवारमाथि प्रश्नैप्रश्न !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *