– पवित्रमणी शर्मा
काठमाडौँ । सूचनाको हकका लागि राष्टिय महासंघमा द एसिया फाउन्डेसनको प्रोजेक्टमार्फत् राखिएका कर्मचारीलाई महासंघका प्रमुख पदाधिकारीले व्यक्तिगत र महासंघबाहेकका संस्थाको काम लगाउने गरेको रहस्य खुलेको छ ।
महासंघका अध्यक्ष उमीद बागचन्द, वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी र महासचिव अजयकुमार साहले आ आफ्ना संस्थाको काम लगाउने गरेको एक कर्मचारीले नाम नछाप्ने शर्तमा तीव्रखबरलाई जानकारी दिए । तीन मु्ख्य पदाधिकारीले आ–आफ्ना संस्थाको काम लगाउने र महासंघको काम समयमा नभएको, राम्रो काम नगरेको, परफरमेन्स राम्रो नभएको भनी करकर गरेर तनाव दिने गरेको ती कर्मचारीको गुनासो छ ।
अध्यक्ष बागचन्दले धनगढीको संस्था, वरिष्ठ उपाध्यक्ष भण्डारीले काठमाडौँको संस्था र महासचिव साहले उदयपुरको संस्थाको काम गराउने गरेका छन् । आ आफ्ना खल्तीका कर्मचारी राख्ने, आ–आफ्ना काम गराउने र तीन जना पदाधिकारीले मात्र संस्था चलाउने गरेको भनी महासंघमा गुनासो सुनिने गरेको समेत बताइएको छ ।
प्राप्त समाचारमा उल्लेखित विषयमा महासंघका अध्यक्ष बागचनलाई उनको मोवाइलमा सम्पर्क गरी प्रतिकृया लिन खोज्दा घण्टी बज्दा बज्दै फोन काठेर मोवाइल नै अफ गरिदिए ।
यो पनि पढ्नुहोस्
नगरपालिकासंग ‘पैसा असुल्दै’ सूचनाको हकका महासचिव साह र कोशी प्रदेश संयोजक खान
नगरपालिकासंग ‘पैसा असुल्दै’ सूचनाको हकका महासचिव साह र कोशी प्रदेश संयोजक खान
महासंघकाे अनियमिततामा उपसमितिलाई समेत गुमराह : तीन पदाधिकारीकाे मिलेमतो
महासंघकाे अनियमिततामा उपसमितिलाई समेत गुमराह : तीन पदाधिकारीकाे मिलेमतो
एकै पटक सात वटा चेकमा हस्ताक्षर गर्न लगाएपछि कोषाध्यक्षले दिइन् राजीनामा
प्रतिक्रिया