February 23, 2025, 2:26 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

सूचनाको हक महासंघले सूचना नदिएपछि आयोगमा पुनरावेदन

मंसिर १४, २०८१ मा प्रकाशित | २०३०दर्शक तीव्रखबर

– पवित्रमणी शर्मा

काठमाडौँ । सूचनाको हकका लागि काम गर्ने भनी दावी गर्ने सूचनाको हकका लागि राष्टिय महासंघले मागेको जति सबै सूचना नदिएपछि यस तीव्रखबरका प्रधानसम्पादक मनोज खतिवडाले पुनरावेदन लिएर राष्ट्रिय सूचना आयोग पुग्न बाध्य हुनुपरेको जनाए ।

महासंघका सूचना अधिकारीलाई सम्बोधन गरी कात्तिक १४ गते सूचना माग गरिएकामा कात्तिक ३० गते ‘अपुरो सूचना’ प्राप्त भाएको थियो । महासंघका कार्यालय प्रमुखलाई सम्बोधन गरी मंसिर २ गते सूचना माग गरिएकामा कार्यालय प्रमुखको अवधिमा महासंघका अध्यक्ष उमीद बागचन्दले हस्ताक्षर गरी मंसिर ९ गते दिएको भनिएको सूचना पनि मागे जति सबै भएन । सूचनाको हकका लागि काम गर्ने भनी दावी गर्ने महासंघभित्रै अनियमितता बढेको भनी यस तीव्रखरले सूचना पाएर समाचार लेखेपछि परीक्षणका लागि सूचना माग गर्ने क्रममा अनियमितता पुष्टि भयो ।

यदि महासंघ सही ठाउँमा थियो भने त उसले मागेको जति सूचना सबै समयमै दिन सक्थ्यो । महासंघ आफैँ अनियमिततामा फसेकैले सूचना दिन नसकेको हाम्रो निष्कर्ष छ । महासंघका कार्यालय प्रमुखले सूचना दिए पछिको केही दिन हामीले सूचनाको हकका विषयमा जानकार कानुन व्यवसायीसँग सल्लाह गरेका थियौँ । मागेको सूचना, महासंघका सूचना अधिकारी र कार्यालय प्रमुखले दिएको सूचनाको विवरणसहित सल्लाह गर्दा आयोगमा पुनरावेदन गरेर सबै सूचना पाउन सकिने सल्लाह पाएकाले आज इमेलबाट नै आयोगमा पुनरावेदन गरिएको छ ।

महासंघका सूचना अधिकारी र कार्यालय प्रमुखले मागेको जति सबै सूचना नदिनुले त्यहाँ अनियमितता छ भन्ने तथ्यलाई पुष्टि गर्छ । तीव्रखबरलाई उल्टै प्रेस विज्ञप्तिमार्फत् धम्की दिने महासंघमा अनियमितता छ भन्ने कुरालाई पनि यसले पुनःप्रमाणित गरेको छ ।

प्रतिक्रिया