January 22, 2025, 4:32 am
» टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान » संसदका ४ समितिको बैठक बस्दैँ » इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी बामपन्थी नेतृ, बताइन जेलकाे कथा » रबि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँ » आजको मौसमः तराइका भू-भागहरुमा हुस्सु र कुहिरो बाँकी भू-भागमा मुख्यतया सफा रहने

सुचनाको हक महासंघको नाममा बागचन्द दम्पत्तीको मोजमस्ती

कार्तिक १०, २०८१ मा प्रकाशित | १३६२०दर्शक तीव्रखबर

जनकपुर । सरकारी निकायमा हुने अनियमितताको सूचना माग गर्ने र पारदर्शीता चाहने अभियन्ताहरुकै संस्थाको गतिविधी नै यतिबेला अनियमित तथा अपारदर्शी भएको चर्चा भुसको आगो जसरी फैलदैं छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघका नाममा अध्यक्ष उमीद बागचन्द परिवारको कमाउ धन्दा फस्टाउन थालेको महासंघका प्रदेश तथा जिल्ला समितिबाटै गुनासो आउन थालेको हो ।

महासंघका अध्यक्ष उमीद बागचन्द सूचनाको हकसम्बन्धी प्रशिक्षण शिविर र मधेश प्रदेशको अधिवेशन भनी जनकपुर आउँदा यस्तो तथ्य खुलेको हो । महासंघको मधेश प्रदेश समितिका एक सदस्यका अनुसार महासंघका नाममा बागचन्द दम्पत्ती प्लेन चढेर जनकपुर आएका थिए । महासंघकै पैसामा प्लेनबाट अध्यक्ष बागचन्द दम्पत्ती जनकपुर आउँदा अरु पदाधिकारी भने नदेखिएको उनले सुनाए । महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष उमीदकी श्रीमती निर्मला बागचन्दलाई पनि महिला अधिकारकर्मी भन्दै मञ्चमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङसँगै राखिएको थियो ।

(बागचनका दम्पत्तीको बिचमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त । तस्वीर स्रोत राष्ट्रिय सूचना आयोगको फेसबुकबाट)

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रमले मधेश प्रदेशमा सूचनाको हकका लागि राम्रो काम गर्ने आशा गरिएकामा कार्यक्रमको स्वरुपले नै बागचन्द दम्पत्तीको घुमघाम र मस्तीका लागि कार्यक्रम आयोजना गरिए जस्तो देखिएको थियो । बागचन्द दम्पत्तीले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरले पनि घुमघाम र मोजमस्तीकै लागि जनकपुर पुगेको प्रष्ट पार्ने ती सदस्यले उल्लेख गरे । अमेरिकी जनताको सहयोगमा नेपालमा कार्यक्रम चलाइरहेको युएसएडले दिएको पैसा द एसिया फाउन्डेसनमार्फत् महासंघलाई मधेशप्रदेश र लुम्बिनीमा कार्यक्रम गर्न दिइएको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।

मधेशप्रदेश र लुम्बिनीमा दिइएको कार्यक्रममा सूचनाको हकको चेतनाभन्दा बागचन्द परिवारको स्वार्थपूर्ति भइरहेको छ । महासंघको अध्यक्ष हुनुअघि बागचन्द बिबिसी नेपाली सेवाका लागि धनगढीबाट रिपोर्टिङ गर्ने गर्थे । पत्रकारितासँगै धनगढीमा एनजीओका नाममा डलरको ‘स्वाद’ चाखेका बागचन्दले सूचनाको हकका नाममा महासंघ खोलेर अपारदर्शी रुपमा स्वार्थपूर्ति गर्न थालेको चर्चाले जनकपुर तातिएको छ । महासंघको केन्द्रीय समितिमा उमीदका साखै भाई राजेश बागचन्द पनि केन्द्रीय सदस्य छन् । बागचन्दले अब श्रीमती निर्मलालाई पनि केन्द्रीय समितिमा राखेर पारिवारिक संस्थाका रुपमा स्थापित गर्न खोजेको हल्लाले समेत जनकपुरमा महासंघ प्रति घृणाभाव जगाएको छ ।

 मधेशप्रदेश समितिको गठन गर्दा समेत बागचन्दले आफूले चाहेका मानिसलाई राखेका थिए । मधेश प्रदेशका आठ जिल्लाबाट प्रतिनिधि बोलाइएको भनिएपनि कुनै पनि जिल्लामा अधिवेशन नभएको एक प्रतिनिधिले सुनाए । बागचन्दको खल्तीका मानिसलाई मधेशप्रदेशका आठ जिल्लाबाट बोलाएर प्रदेश अधिवेशनको प्रतिनिधि घोषणा गरिएको थियो । प्रदेश अधिवेशनअघि तिनैलाई प्रशिक्षण शिविर भन्दै जनकपुरको सीताशण होटलमा कात्तिकको ५ गतेदेखि ७ गतेसम्म राखिएको थियो ।

यसै विषयमा अध्यक्ष बागचनलाई प्रतिकृया लिँदा उनी भन्छन् – ‘पारिबारिक संस्था नभएको र  स्थापनाको सुरुवाती चरणमा रहेका छौं, संस्थामा सबै कुरा पारदर्शी छ र मधेस प्रदेश जाँदा मेरी श्रीमती निजी खर्चमा गएको हो ।’

यसै विषयमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त गुरुङलाई प्रतिकृया लिन मोवाइलमा सम्पर्क गर्दा फोन उठेन् ।

प्रतिक्रिया