September 16, 2024, 7:11 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

बाह्रबिसे नगरपालिका बन्यो : जिल्लाकै ‘नम्बर वान’ अनियमितताको अखडा स्थानिय तहमा भ्रष्टाचार

भदौ ७, २०८१ मा प्रकाशित | २८९४०दर्शक तीव्रखबर

– पवित्रमणी शर्मा

सिन्धुपाल्चोक / अनियमितता र भ्रष्टाचारले यतिबेला मुलककका स्थानिय तहहरु बद्नाम बन्दै गएका छन् । महालेखापरीक्षकको प्रतिवेदनलाई केलाउने हो भने पनि स्थानिय तहमा अनियमितता र बेरुजुको चाङ देख्न सकिन्छ । त्यसैगरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त हुने उजुरीहरुमा पनि अधिकांश उजुरी स्थानिय तहको नै हुने गरेको बताइएको छ ।
देशभरका स्थानिय तहमा बढ्दो अनियमितताले के संकेत गर्छ भने जनताकै सेवाका लागि बनेका स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएको संकेत गरेको छ । आर्थिक वर्ष २०७९/८० को महालेखापरीक्षकको प्रतिवेदनले पनि अनियमितता देशभर फैलिएको पुष्टि गर्छ । स्थानीय तहहरूले गरेका अनियमितताको लामो सूची छ । अनियमितता र भ्रष्टाचारको चाङ पल्टाएर पल्टाउन नसकिने अवस्थामा पुगिसकेको छ । यस्तै अनियमिताको दलदलमा फसेको छ – सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका । सिन्धुपाल्चोकका अन्य पालिका भन्दा अनियमितताको सवालमा बाह्रबिसे नगरपालिका ‘नम्बर वान’ बन्न पुगेको छ ।
बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा बढी अनियमितता हुने स्थानिय तहमा परेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । बाह्रबिसे नगरपालिकामा हालसम्मको अद्यावधिक बेरुजु ३२ करोड ४३ लाख २९ हजार रहेको छ ।
सिन्धुपाल्चोकमा १२ स्थानीय तहहरू छन् । १२ स्थानीय तहमध्ये तीन नगरपालिका र नौ गाउँपालिका छन् । विकास भन्दा पनि अनियमिततको दलदलमा फसेको स्थानिय तहहरुको बेरुजुमा भने बाह्रबिसे नगरपालिकाकाले शिखर चुमेको छ ।
महालेखापरीक्षकको प्रतिवेदन हेर्ने हो भने जिल्लाकै सबैभन्दा बढी भ्रष्टाचारको अखडाका रुपमा बाह्रबिसे नगरपालिकालाई परिचित गराएको छ । अनियमितता र बेरुजुको कारण बाह्रबिसे नगरपालिकालाई थप बदनाम बनाइरहेको छ ।
महालेखापरीक्षकको प्रतिवेदन २०७९/८० मा बाह्रबिसे नगरपालिकामा प्रारम्भिक बेरूजु ३ करोड ११ लाख ५३ हजार ८ सय ८८ रुपैयाँ ७५ पैसा छ । नगरपालिकाले ६ लाख ४२ हजार १ सय २० रुपैयाँ ६५ पैसा असुल गर्नुपर्ने देखिन्छ । नगरपालिकाले विभिन्न शीर्षकमा २२ करोड २२ लाख २६ हजार १ सय ३८ रुपैयाँ अनियमितता गरेको छ । यस्तै २२ लाख २८ हजार ६ सय ३० रुपैयाँ नगरपालिकाले खर्च गरेको तर कागजपत्र नभएको प्रतिवेदनमा उल्लेख छ । हालसम्मको अद्यावधिक बेरुजु ३२ करोड ४३ लाख २९ हजार रहेको छ । यो नगरपालिकाका प्रमुखमा नेपाली काँग्रेसबाट निर्वाचित बालकृष्ण बस्नेत नेतृत्वमा छन् ।
मनलाग्दी रुपमा योजना बनाउने खर्च गर्ने सवालमा नगर प्रमुख बस्नेत सक्रिय रहनुले पनि सो नगरपालिकाको अनियमितताले शिखर चुमेको स्थानियबासीहरुको भनाई रहँदै आएको छ । नियम विपरित नियुक्त गर्नेदेखि ठेक्कापट्टा लगाउनेसम्मको हर्कत गर्न नगरप्रमुख बस्नेत पछि नपरेको सोही नगरपालिकाको नाम उल्लेख गर्न नचाहने एक कर्मचारीले खुलासा गरेका छन् । यसै विषयमा प्रतिकृयाको लागि नगरप्रमुख बस्नेतसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया