February 24, 2025, 10:34 am
» एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल » यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने

पत्रकार महासंघ काठमाडौंको सचिवमा बोहोरा

पुस ३, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौं,  । अर्थ सवाल साप्ताहिकका सम्पादक तथा प्रकाशक रमेश कुमार बोहोरा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको सचिवमा निर्वाचित भएका छन् ।

यसअघि काठमाडौं शाखामा कार्यसमिति सदस्यका रुपमा सक्रिय बोहोरा गत मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनमा सचिव पदमा विजयी भएका हुन् ।

नेपालमा लोकतन्त्र स्थापनाका साथै जनतालाई सुसूचित गर्न अहं भूमिका निर्वाह गरी इतिहास कायम गरेका साना तथा स्वरोजगारमूलक साप्ताहिक पत्रिकाहरुको हित र संरक्षणमा निरन्तर लागिपरिरहेका बोहोरा सचिव जस्तो जिम्मेवारीपूर्ण पदमा निर्वाचित भएसँगै समग्र पत्रकारहरुको साझा समस्या समाधान हुने विश्वास आम पत्रकारहरुले गरेका छन् ।

बोहोराको कार्यकालमा नेपाली पत्रकारिता क्षेत्रमा उत्पन्न विवाद समाधान गरी पत्रकारहरुको साझा संस्थाका रुपमा महासंघलाई स्थापित गर्ने र गैरपत्रकारहरुको प्रवेश रोक्न सफल हुने विश्वास गरिएको छ ।

निर्वाचित भएपछि पत्रकार बोहोराले आफू सम्पूर्ण पत्रकारहरुको साझा मुद्दा बोकेर निरन्तर लागिपर्ने र विगतमा भन्दा अझ बढी सक्रिय हुँदै पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया