February 23, 2025, 2:56 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

महेश बस्नेतसँग नाम जोडिएकी शोभा प्रहरी नियन्त्रणमा

पुस १, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

भक्तपुर / भक्तपुरका एमाले नेता महेश बस्नेतसँग नाम जोडिएपछि लामो समय चर्चामा रहेकी शोभा पाठक पक्राउ परेकी छन् । साइबर अपराधको कसुरमा उनलाई प्रहरीले आज दिउँसो पुल्चोकबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

पाठकविरुद्ध मंसिर २८ गते जाहेरी परेको र त्यसैका आधारमा अनुसन्धानमा लिइएको बुझिएको छ । तर, उनले आफूलाई महेश बस्नेतले षड्यन्त्रपूर्वक फसाएको दाबी गर्दै आएकी छन् ।

एक समय लिभिङ टुगेदरमा बसेका बस्नेत र पाठकबीच पछिल्लो समय आरोप–प्रत्यारोप चलिरहेको छ । गुप्तरुपमा अघि बढेको सम्बन्ध बाहिर आएपछि शुरु भएको विवाद मुद्दा-मामिलाको तहमा पुगेको हो ।

प्रतिक्रिया