January 28, 2025, 10:27 pm
» मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली » क्रान्तिकारीका अध्यक्षका ३ उम्मेदवारले भने, ‘मतगणना बाल्मिकीमा नै गरिनुपर्छ’ » साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग » रुखबाट खसेकी महिलाको निधन » स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ

एकै पटक सात वटा चेकमा हस्ताक्षर गर्न लगाएपछि कोषाध्यक्षले दिइन् राजीनामा सूचनाको हकका लागि राष्ट्रिय महासंघमा अनियमितता

कार्तिक १७, २०८१ मा प्रकाशित | ३१८०दर्शक तीव्रखबर

काठमाडौं । गत हप्ता सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दले संस्थालाई व्यक्तिगत बनाई श्रीमतीसहित संस्थाकै पैसामा घुमेको समाचार सार्वजनिक गरेपछि थप अनियमितताका घटना प्राप्त भएको छ ।

पूर्व कोषाध्यक्ष पुष्पा पोखरेललाई एकैपटक सातवटा चेकमा हस्ताक्षर गर्न घरमै कर्मचारी पठाएपछि असहमति जनाएकी थिइन् । कोषाध्यक्षलाई पनि के–के को चेक हो भनी जानकारी नदिई हस्ताक्षर गराएको कुरा पुष्पाका श्रीमान्ले पनि थाहा पाएपछि संस्था छोड्न दबाब दिएका थिए । अनियमितता अध्यक्षले गर्छन्, तिमी फस्छौ भनेपछि पुष्पाले राजीनामा दिएको उनी निकट स्रोतले जनाएको छ ।

महासंघको गत वर्ष सम्पन्न पहिलो महाधिवेशनमा बागचन्दले आफ्नो विश्वास पात्रका रुपमा कोषाध्यक्ष बनाएका थिए । बागचन्द र पुष्पा ओशोका एउटा संस्थामा पनि सँगै रहेकाले उनलाई विश्वास पात्रका रुपमा कोषाध्यक्ष बनाइएको हो । पुष्पासँग उमीदकी श्रीमती निर्मला राम्रो सम्बन्ध भएकाले उनकै सिफारिसमा कोषाध्यक्ष बनाइएको जनाइएको छ ।

पुष्पाले अनियमिततामा आफू पनि फसिने भयले राजीनामा गरेपछि बागचन्द दम्पत्ती छक्क परेका थिए । पुष्पाको राजीनामापछि पनि महासंघमा लामो समयदेखि काम गरेका केन्द्रीय सदस्यलाई बागचन्दले विश्वास नगरी ओशो संस्थामै आबद्ध बिमला पराजुलीलाई कोषाध्यक्षको जिम्मेवारी दिएका छन्, भूमिगत शैलीमा ।

सूचनाको हकको सू पनि थाहा नभएकी बिमला पराजुलीलाई कोषाध्यक्षको जिम्मेवारी दिएकामा केन्द्रीय समितिमै असहमतिका स्वर बढ्न थालेपछि बागचन्दले उनलाई केन्द्रीय सदस्य बनाएर हस्ताक्षर मात्र गर्न दिएको भनी आफ्नो बचाउ गर्दै आएका छन् । यसरी कोषाध्यक्ष बनाउने कुराको महासचिव अजय साहले पनि जुम बैठकमा बिरोध जनाएका थिए । कान्तिपुर दैनिकमा काम गर्ने केन्द्रीय सदस्य राजकुमार कार्कीले अध्यक्ष बागचन्दको कदममा समर्थन गरेपछि जुम बैठकपछि बिमलालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको हो ।

बागचन्दको यो कदमपछि राजधानीमै रहेका महासंघका पदाधिकारी र केन्द्रीय सदस्य कार्यालय अनामनगर आउन छोडेका छन् । महासंघले गर्ने कार्यक्रम र बैठकमा पनि बागचन्दको कदमको समर्थन गर्ने तीन, चार जनाको समूहमात्र उपस्थित हुने गरेको छ । पहिलेका कार्यक्रममा उपस्थित हुने गरेका महासचिव साह पनि कोषाध्यक्ष प्रकरणपछि असहमति जनाएर अनुपस्थित हुने गरेका छन् । यसैले उनी जनकपुर कार्यक्रममा पनि गएनन् ।

प्राप्त समाचारका विषयमा महासंघका सुचना अधिकारी प्रेम भक्त रेग्मीलाई संस्थाका गतिविधीका बारेमा प्रतिकृयाको लागि सम्पर्क गर्दा बोल्न चाहेनन् ।

जुम बैठकमा असहमती जनाएका महासचिव साह तीव्रखबरसंगको प्रतिकृयामा भने नयाँ कोषाध्यक्ष चयन प्रकृयामा आफ्नो कुनै असहमती नरहेको दावी गर्छन् । कोषाध्यक्ष पुष्पा कृषि व्यवासायमा व्यस्त भएकोले राजीनामा दिएकी हुन्, सात वटा चेक काटेको भन्ने व्यहोरा गलत हुन् । उनका अनुसार ‘संस्था राम्रोसंग संचालनमा रहेको छ, र यो समाचार गलत छ ।’
महासचिव साहको दावी कति सहि छ भनी तीव्रखबरले सुचनाको हक प्रयोग गरि तथ्य सार्वजनिक गरेर पाठकलाई जानकारी गराउने छ ।

कोषाध्यक्ष पुष्पालाई एकै पटकमा सात वटा चेकमा साइन गर्न लगाएकोले राजनीमा दिएको भन्ने आरोपका सम्बन्धमा महासंघका अध्यक्ष बागचनलाई प्रतिकृया लिदा त्यो गलत भएको दावी गरे ।

यो पनि पढ्नुहोस्

सुचनाको हक महासंघको नाममा बागचन्द दम्पत्तीको मोजमस्ती

प्रतिक्रिया