January 22, 2025, 6:46 am
» गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू » सुनको भाउ तोलामा १९ सयले बढ्यो » प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो » खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा

मुक्का प्रहारपछि खोसियो पूर्व मुख्यमन्त्रीको गाडी सुविधा

माघ ८, २०८१ मा प्रकाशित | १३८०दर्शक तीव्रखबर

कोशी प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्धव थापालाई सवारी साधन सुविधा दिने प्रदेश सरकारको यसअघिको निर्णयमा अदालतले रोक लगाएको छ ।

उच्च अदालत विराटनगरले जारी गरेको अन्तरिम आदेशमा पूर्व मुख्यमन्त्रीको गाडी सुविधामा रोक लगाइएको उल्लेख छ । न्यायाधीश राजेन्द्र अधिकारी र केशवप्रसाद वाँस्तोलाको संयुक्त इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो ।

गत असोज १३ गते थापालाई एउटा हलुका सवारी, चालक र मासिक १२५ लिटर इन्धन सुविधा दिने निर्णय प्रदेश सरकारले गरेको थियो । अधिवक्ता कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा अन्तरिम आदेश भएको हो ।

थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिबार साँझ आक्रमण भएको थियो । आक्रमणबाट उनको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ ।

आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनी नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै थिए ।

प्रतिक्रिया