January 17, 2025, 6:12 pm
» चितुवाको छालासहित एक जना पक्राउ » लागूऔषधसहित ६ जना पक्राउ » चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा » भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु » शिक्षा क्षेत्रका समस्या समाधान गर्न संसद् र सरकारलाई कांग्रेस नेता महरले गराए ध्यानाकर्षण

सरकारविरुद्ध मीटरब्याज पीडितहरु सडकमा ओर्लने

माघ ४, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

मीटरब्याज पीडितहरु पुन: सडक संघर्षको तयारीमा जुटेका छन् । मीटरब्याज समस्या समाधानमा राज्य उदासिन देखिएको भन्दै ‘मीटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’ ले आन्दोलन गर्न लागेको हो ।

आगामी माघ १४ गते मधेश प्रदेशका आठ वटै जिल्लामा आन्दोलन गर्ने तयारी गरेको संगठनका संयोजक मनोजकुमार पासवानले जानकारी दिए । १४ गते जनकपुरमा कोणसभा गरेर राष्ट्रियस्तरको आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए ।

‘हामी माघको ७ वा ८ गते पत्रकार सम्मेलन गर्छौं । त्यसमा आन्दोलनको विषयमा विस्तृत जानकारी दिन्छौं । माघ १४ गते प्रदेशका आठ वटै जिल्लामा प्रदर्शनपछि जनकपुरमा कोणसभा गर्छौं । कोणसभामा राष्ट्रियस्तरको आन्दोलनको कार्यक्रमको घोषणा गर्छौं’,उनले भने ।

सरकारले मीटरब्याज पीडितको समस्या समाधानका लागि गठन गरेको आयोगले प्रभावकारी रुपमा काम गर्न नसकेको पासवानको गुनासो छ । जिल्ला प्रशासन कार्यालयले पीडित र साहुबीच वार्ता गराउन छोडेको उनी बताउँछन् ।

‘पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोग हुँदासम्म राम्रै काम भइरहेको थियो । दुई पक्षलाई बोलाएर वार्ता गराउने कामहरु पनि तीव्र रुपमा भएको थियो । अहिले सिडियो कार्यालयहरुमा छलफल गर्न रोकिएको छ’, उनले भने, ‘साहुहरुले पहिले भएको सहमति पनि मानिरहेका छैनन् । मीटरब्याज पीडितको समस्या समाधान हुनुभन्दा झनै बल्झिरहेको छ।’

मीटरब्याज पीडितहरुले न्यायको माग गर्दै यसअघि पटकपटक राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । तैपनि उनीहरुका माग सम्बोधन हुन सकेको छैन् ।

प्रतिक्रिया