January 22, 2025, 6:59 am
» अष्ट्रेलियाबिरूद्द नेपालको पहिलो फिल्डिङमा » ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की » सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू

महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : मलाई केही नसोध्नु – अध्यक्ष बास्कोटा

मंसिर २१, २०८१ मा प्रकाशित | १५८०दर्शक तीव्रखबर

– पवित्रमणी शर्मा

काठमाडौँ । नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले संस्थाका ध्यान शिक्षक र कर्मचारीको तलबबाट कटाएर राखेको पैसा आफ्नो खातामा राखेर अपचलन गरेको गुनासो त्यस संस्थामा कार्यरत कर्मचारीले लगाएका छन् ।

फाउन्डेसनका बारेमा तीव्रखबर अनलाइनमा अनियमितताको समाचार सार्वजनिक गरेपछि त्यहाँ कार्यरत कर्मचारी सम्पर्कमा आई नाम नछाप्ने शर्तमा यस्तो जानकारी गराएका हुन् । पहिलोपटक समाचार सार्वजनिक भएपछि गरिएको कमेन्टमा गोपालकुमार मैनालीले पनि यस्तै लेखेका छन् । मैनाली पनि फाउन्डेसनको पूर्व ध्यान शिक्षकका रुपमा कार्यरत रहेको तीव्रखबर अनलाइनको सम्पर्कमा आएका ती कर्मचारीले नाम नछाप्ने शर्तमा जानकारी गराए ।

बास्कोटा परिवारले संस्थामा कार्यरत कर्मचारीको तलब सुविधा, गुरुकुलमा राखिएका विद्यार्थीलगायतको पैसा निजी खातामा लगी खाने गरेका छन् । फाउन्डेसनमा धेरै अनियमितता भएको विषय समाज कल्याण परिषद्मा उजुरी परेपछि छानबिन गर्न गएको टोलीलाई पनि पैसा दिएर किनेको फाउन्डेसन स्रोतले जनाएको छ ।

यसै विषयमा प्रतिकृया लिन अध्यक्ष बास्कोटाको मोवाइल नम्बरमा सम्पर्क गर्दा ‘मलाई केही पनि नसोध्नु’ भन्दै फोन राखिदिए ।

स्मरण रहोस् फाउन्डेसनमा अनियमितता भएको तथ्य उसैले पुष्टि गरेको छ । फाउन्डेसनका सूचना अधिकारीसमक्ष माग गरिएका सूचना पनि दिएका छैनन् । अनियमितता नगरेको भए सूचना दिन आपत्ति नहुनुपर्ने हो । सूचना नदिएपछि मंसिर २० गते फाउन्डेसनका कार्यालय प्रमुखलाई सम्बोधन गरी सूचना माग गरिएको छ । कार्यालय प्रमुखले सूचना दिन्छन् कि दिँदैनन्, त्यो हेर्न बाँकी छ ।

यो पनि पढ्नुहोस्

महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : ‘हिसाबकिताब गुपचुप’ !

महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : पूर्व गृहराज्यमन्त्री बास्कोटाको परिवारले गरे करोडौँ अपचलन

 

प्रतिक्रिया