तीव्रखबर
करिब ५५ किलो गाँजा सहित एक जना पक्राउ
बारा / पचरौता नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित सोही नगरपालिका-३ रामनगर टोल बस्ने ४५ वर्षीय राजकिशोर प्रसाद यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं / मोरङ, विराटनगर महानगरपालिका-१८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य अररिया जोगबनी कुश्मा-७ बस्ने १९ वर्षीय राजेश कुमार राय र ३५ वर्षीय राधा कृष्ण राय रहेका छन् । इलाका प्रहरी कार्यलाय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-७ कानेपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १८ ग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने २२ वर्षीय मुस्कान राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ तल्लो गैसारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय २६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुनिल सरदारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ हाटखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही महानगरपालिका-३ बस्ने २९ वर्षीय फैयाज अन्सारी समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मधेश प्रदेश ०३-०४१ प ४०२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय सिधान्त सिंह समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१६ प ४०३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ८० मिलिग्राम सहित मकवानपुर हेटौंडा उमहानगरपालिका-२ संगमचोक बस्ने २० वर्षीय राजु मानन्धरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-५ तकडीहवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय एम्पुल, बुप्रेनोर्फिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल सहित भारत उत्तर प्रदेश महारजगंज नौतन्वा पर्सा थाना बस्ने १७ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ शान्ति टोल बस्ने २३ वर्षीय कर्ण मर्स्याङ्दी मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, गुलरिया नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय दिपेश चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको भे.९ प ४७५४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
चितवन, रत्ननगर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३६ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १ सय ३४ ग्राम सहित सोही नगरपालिका-२ बस्ने २९ वर्षीय डेभिड खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
धादिङ / ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाक्रे गाउँपालिका-७ आठकिला बस्ने ४४ वर्षीय राजु बासकोटालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक सहित एक जना पक्राउ
इलाम / माईजोगमाई गाउँपालिका-४ नाम्सालिङ बस्ने ६० वर्षीय पुर्ण बहादुर देवानलाई भरूवा बन्दुक १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी नाम्सालिङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद
काठमाडौं / दाङ, तुलसीपुर उपमहानगरपालिका-१६ स्थित ग्वारखोलाको बगरबाट कटुवा पेस्तोल १ थान आइतबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
यसैगरी दाङ, बबई गाउँपालिका-५ खयरबट्टि सिमौरा सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान आइतबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यसैगरी दाङ, लमही नगरपालिका-९ जलकुण्डीस्थित कालीखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान आइतबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
कैलाली, गौरीगंगा नगरपालिका-५ अण्डैयास्थित बुढो बेताल सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
झापा, कनकाई नगरपालिका-१ दुर्गापुरस्थित सडकमा प्र.१-०१-००१ ख ४८०० नम्बरको ट्रकले कोशी प्रदेश ०१-०२० प ९८७ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार दमक नगरपालिका-१२ बस्ने ३४ वर्षीया अम्बिका लावतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको बिएनसी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१० बजरंग टोलस्थित सडकमा आदर्शनगरबाट सिर्सिया पुलतर्फ जाँदै गरेको म.प्र. ०३-००१ क ३५३७ नम्बरको मिनि ट्रकको ठक्करबाट साइकलयात्री भारत बिहार राज्य मोतिहारी पञ्चायत हरैया-१ भलुवाहा टोल बस्ने ४५ वर्षीय खेखन पंडितको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२ दुविचौरस्थित सडकमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०६६४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ बस्ने ४१ वर्षीय बिर बहादुर स्याङ्तानको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै मकवानपुर सहकारी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-२७ ज्यमिरेकुनास्थित सडकमा शिशुवाबाट ज्यामिरेकुनातर्फ जाँदै गरेको ग.९ प ९११५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही महानगरपालिका-२७ आदर्शचोक बस्ने ७ वर्षीय सुभोद पौडेलको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्युठान, प्युठान नगरपालिका-३ ओखरबोटस्थित सडकमा जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना.४ ख ५९४६ नम्बरको बसले किचेर सोही ठाउँ बस्ने प्रकास सुनारको छोरा १० वर्षीय पुस्कर सुनारको शनिबार दिउँसो मृत्यु भएको छ । बसबाट खसेर उक्त बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँची, छत्रदेव गाउँपालिका-३ मथुरास्थित सडकमा लु.४ त ७९१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-२ सोमडी बस्ने २२ वर्षीय गणेश रास्कोटी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काभ्रे, पाँचखाल नगरपालिका-३ काफ्लेडी बस्ने ७० वर्षीय चन्द्र प्रसाद दाहाल सोही नगरपालिका-६ स्थित झिकु खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
इलाम, इलाम नगरपालिका-१२ साङरूम्बा बस्ने ४९ वर्षीय प्रेम बहादुर लिम्बु आफ्नै घरको बरण्डामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पाँचथर, फिदिम नगरपालिका-१३ चाम्लिङ डाँडा बस्ने ७७ वर्षीय मोहन चाम्लिङ राईको घर र भान्सा घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगालगी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सोलुखुम्बु, नेचा सल्यान गाउँपालिका-२ नेवार गाउँ बस्ने रूपा नेवारको घरमा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया