तीव्रखबर
धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित सडक खण्डमा नदीको कटानले यातायात अवरुद्ध भएको थियो।
नेपाल प्रहरीका अनुसार आज दिउँसो ३:१० बजेदेखि सो सडक दुईतर्फी नै सुचारु भएको हो। सडक अवरुद्ध हुँदा अलपत्र परेका सवारी साधनहरू अहिले गन्तव्यतर्फ सहज रूपमा आवातजावत गर्न थालेका छन्।
प्रतिक्रिया