October 11, 2026, 10:31 am
» कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे » अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु, चालक घाइते » बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार » नाना पाटेकरको शव परीक्षण प्रतिवेदन: हृदयाघातबाट निधन भएको पुष्टि » बाढीपीडितलाई ६३ लाख सहयोग

नाना पाटेकरको शव परीक्षण प्रतिवेदन: हृदयाघातबाट निधन भएको पुष्टि

अशोज २५, २०८३ मा प्रकाशित | २८०४ दर्शक तीव्रखबर

काठमाडौँ । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको निधन हृदयाघातका कारण भएको पुष्टि भएको छ । भारतको गोवा मेडिकल कलेजका चिकित्सकहरूको टोलीले तयार पारेको शव परीक्षण प्रतिवेदनले उनको मृत्युको कारण स्पष्ट पारेको हो ।

७५ वर्षीय पाटेकरको अक्टोबर ८ मा गोवास्थित निवासमा स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लैजाँदै गर्दा निधन भएको थियो । उनलाई बिहान करिब ४ः३० बजे मणिपाल अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । शव परीक्षण प्रतिवेदनअनुसार मुटुमा रगत आपूर्ति गर्ने मुख्य धमनीमा रगतको थक्का जमेर अवरोध उत्पन्न भएको थियो । यही कारण उनलाई हृदयाघात भएको र निधन भएको चिकित्सकहरूले निष्कर्ष निकालेका छन् । चिकित्सकहरूले उनको मृत्यु प्राकृतिक कारणले भएको जनाएका छन् ।

प्रहरीको अनुसन्धानअनुसार पाटेकरले निधन हुनुअघि अक्टोबर ८ को बिहान करिब २: ३० बजे पारिवारिक मित्र अमेय नाइकलाई सन्देश पठाएर आफ्नो स्वास्थ्य ठीक नभएको बताएका थिए । नाइकले बिहान करिब ३: ३० बजे सन्देश देखेपछि उनको निवास पुगेका थिए ।

त्यसपछि स्वास्थ्यकर्मीको सहयोगमा उनलाई अस्पताल लगिएको थियो । तर चिकित्सकको प्रयास सफल हुन सकेन । घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले उनका भतिजा प्रसाद पाटेकर र छोरा मल्हार पाटेकरको बयानसमेत लिएको थियो । परिवारले उनको निधनमा कुनै शङ्कास्पद गतिविधिको आशङ्का नगरेको प्रहरीले जनाएको छ ।

नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता थिए । चार दशकभन्दा लामो अभिनय यात्रामा उनले गम्भीर र हास्य दुवै प्रकारका भूमिकामार्फत दर्शकमाझ विशेष पहिचान बनाएका थिए । उनको निधनले भारतीय चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *