October 12, 2026, 12:59 pm
» नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ४६ करोडको कारोबार » देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल » विगतका मतभेद बिर्सेर एकताको बाटोमा अघि बढ्न पौडेलको आह्वान » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १३१ जना घाइते » राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु, चालक घाइते

अशोज २५, २०८३ मा प्रकाशित | २९०४ दर्शक तीव्रखबर

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरास्थित सन्धिखर्क–तम्घास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

बल्कोटबाट सन्धिखर्कतर्फ रोलर बोकेर जाँदै गरेको लु.४ त ७९१७ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आउँदै गरेको लु.७२ प २०६३ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो ।

दुर्घटनामा ट्याक्टरले च्यापिएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमडीका करिब २२ वर्षीय सहचालक गणेश रास्कोटी मगर गम्भीर घाइते भएका थिए । उनलाई जेसीबीको सहायताले उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याइएकोमा चिकित्सकले दिउँसो १२ः१० बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा ट्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २६ वर्षीय पुण्यप्रसाद थारु घाइते भएका छन् । उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ ।

मोटरसाइकल चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, केरुङ्गाका ४१ वर्षीय सञ्जय पाण्डे भने सकुशल रहेका छन् । दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

 

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान गरेको छ । प्रारम्भिक विवरणअनुसार ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र नभएको उल्लेख छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *