October 12, 2026, 12:43 pm
» नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ४६ करोडको कारोबार » देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल » विगतका मतभेद बिर्सेर एकताको बाटोमा अघि बढ्न पौडेलको आह्वान » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १३१ जना घाइते » राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ४६ करोडको कारोबार

अशोज २६, २०८३ मा प्रकाशित | ४०४ दर्शक तीव्रखबर

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५४ कम्पनिका एक करोड २७ लाख १९ हजार ७३४ कित्ता शेयर ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३६० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयर १४.९९ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयर पनि १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिज लाइन इनर्जीको शेयर ६.२९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २५ करोड १९ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको १९ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *