तीव्रखबर
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३१ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जना, कोशी प्रदेशमा २ जना तथा मधेश प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १३१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३८ जना घाइते भएका छन् भने कोशीमा १८ जना, काठमाडौँ उपत्यकामा १४ जना, सुदूरपश्चिममा ७ जना, बागमतीमा ७ जना घाइते भएका छन् भने लुम्बिनीमा २७ जना, कर्णालीमा ९ जना र गण्डकीमा ११ जना घाइते भएका छन् ।
प्रतिक्रिया