तीव्रखबर
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयबाट सशस्त्र प्रहरी बलको टोली फिर्ता भएको छ। सोमबारदेखि कार्यालयमा सुरक्षाकर्मी नरहेको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिएका छन्।
अधिकारीका अनुसार २०७८ सालमा च्यासलमा पार्टी कार्यालय सञ्चालनमा आएदेखि नै त्यहाँ सशस्त्र प्रहरी नियमित रूपमा खटिँदै आएका थिए। कम्तीमा पाँच जना सशस्त्र प्रहरी २४ सै घण्टा सुरक्षामा तैनाथ रहने गरेको उनले बताए।
केही दिनअघि गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भीभीआईपी तथा भीआईपी) को सुरक्षा र निजी सुरक्षा अधिकारीका रूपमा कार्यविधिविपरीत तथा निर्धारित मापदण्डभन्दा बढी खटाइएका सुरक्षाकर्मीलाई फिर्ता गरी आ–आफ्नो दरबन्दीमा खटिन निर्देशन दिएको थियो।
गृह मन्त्रालयको उक्त निर्देशनपछि राजनीतिक दलका कार्यालयबाट समेत सुरक्षाकर्मी फिर्ता हुन थालेका छन्।
प्रतिक्रिया