October 12, 2026, 8:56 am
» पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ » बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ » गृहको एक्सनले एमाले मुख्यालयसम्मै तरंग, सुरक्षाकर्मी फिर्ता! » साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट » छरिएको कांग्रेसलाई एक बनाएर अघि बढ्छौँ : महामन्त्री संग्रौला

पृथ्वी राजमार्ग आजराति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द हुने

अशोज २६, २०८३ मा प्रकाशित | ५०४ दर्शक तीव्रखबर

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका–५ स्थित गलौंदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि मर्मतसम्भारका लागि सवारी आवागमन बन्द गर्न लागिएको हो ।

सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

सडक मर्मतका क्रममा यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *