October 12, 2026, 8:57 am
» राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की » पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ » बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ » गृहको एक्सनले एमाले मुख्यालयसम्मै तरंग, सुरक्षाकर्मी फिर्ता! » साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

अशोज २६, २०८३ मा प्रकाशित | ६०४ दर्शक तीव्रखबर

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) का सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।

उनी सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडानमार्फत भारत प्रस्थान गरेका हुन्। गृहमन्त्री नियुक्त भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो।

नयाँदिल्लीमा आयोजना हुने बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा आयोजक भारतसहित नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी ७ वटा सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ।

बैठकमा क्षेत्रीय सुरक्षा सहकार्य, आतंकवाद नियन्त्रण, संगठित अपराध, सीमा व्यवस्थापन तथा कानुन कार्यान्वयन गर्ने निकायहरूबीचको आपसी समन्वयलाई सुदृढ बनाउने जस्ता साझा सुरक्षाका विषयमा गहन छलफल हुने कार्यसूची रहेको छ।

भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी (गृहमन्त्री) अमित शाहलगायत अन्य सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ।

भ्रमणअघि गृहमन्त्री गुरुङले नेपाल-भारत व्यापार र सीमा व्यवस्थापनमा देखिएका व्यावहारिक समस्याहरूका विषयमा नेपालका उद्योगी-व्यवसायीहरूसँग पूर्वतयारी बैठक गरी सुझावसमेत संकलन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *