तीव्रखबर
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर रोहित पौडेलले शतक बनाएका छन् ।
ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले १२५ बलमा शतक पूरा गरेका हुन् । शतक पूरा गर्दा उनले ८ चाैका र एक छक्का प्रहार गरे ।
नेपाली ओपनर अर्जुन कुमाल ५४ बलको सामना गरेर २३ र बसिर अहमेद ५७ बलमा ३० रन बनाएर आउट भएपछि रोहितले सम्हालिएर खेलेका हुन् । सातौक्रममा ब्याटिङमा आएका गुल्सनकुमार झाले रोहितलाई ब्याटिङमा साथ दिए ।
आशिफ शेख तीन बलमा चार रन बनाउँदा आउट भए भने इशान पाण्डे चार बलको सामना गर्दा शून्य रनमै आउट भएका हुन् । अहिले क्रिजमा गुल्सन र रोहित छन् ।
प्रतिक्रिया