October 11, 2026, 9:38 am
» नाना पाटेकरको शव परीक्षण प्रतिवेदन: हृदयाघातबाट निधन भएको पुष्टि » बाढीपीडितलाई ६३ लाख सहयोग » विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक » बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको एक्रो पुल जडान » कांग्रेस महाधिवेशन: उपसभापतिमा चन्द्र भण्डारी, महामन्त्रीमा प्रदीप पौडेल निकै अगाडि

बाढीपीडितलाई ६३ लाख सहयोग

अशोज २५, २०८३ मा प्रकाशित | ७०४ दर्शक तीव्रखबर

काठमाडौं । भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले रु ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् ।

पाँचखाल नगरपालिकाले रु ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले रु २० लाख दुई हजार ९७७ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् ।

पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले रु १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट रु १३ लाख ३२ हजार ५९९ र शिक्षकबाट रु १९ लाख ७१ हजार ९० सङ्कलन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *