October 11, 2026, 9:40 am
» नाना पाटेकरको शव परीक्षण प्रतिवेदन: हृदयाघातबाट निधन भएको पुष्टि » बाढीपीडितलाई ६३ लाख सहयोग » विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक » बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको एक्रो पुल जडान » कांग्रेस महाधिवेशन: उपसभापतिमा चन्द्र भण्डारी, महामन्त्रीमा प्रदीप पौडेल निकै अगाडि

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको एक्रो पुल जडान

अशोज २५, २०८३ मा प्रकाशित | ६०४ दर्शक तीव्रखबर

नुवाकोट । नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा ४० टन भारवहन क्षमताको एक्रो पुल जडान कार्य सम्पन्न भएको छ ।

नेपाली सेनाले पुल जडान कार्य सम्पन्न गरेसँगै नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने भएको छ ।

पुल सञ्चालनमा आएपछि बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री तथा अन्य अत्यावश्यक वस्तुको ढुवानी गर्न पनि सहज हुने अपेक्षा गरिएको छ । बाढीका कारण प्रभावित सडक तथा यातायात सम्पर्कमा समस्या भइरहेका बेला पुल जडानले स्थानीय बासिन्दालाई आवागमन र राहत वितरणमा सहयोग पुग्नेछ ।

नेपाली सेनाले जडान गरेको उक्त पुलले नुवाकोट र रसुवाबीचको आवागमन सहज बनाउनुका साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई समेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *