October 12, 2026, 1:00 pm
» नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ४६ करोडको कारोबार » देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल » विगतका मतभेद बिर्सेर एकताको बाटोमा अघि बढ्न पौडेलको आह्वान » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १३१ जना घाइते » राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

अशोज २५, २०८३ मा प्रकाशित | ३२०४ दर्शक तीव्रखबर

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला थुनिँदा बूढीगण्डकी नदीमा आएको बाढीले ६५ घर तथा छाप्रामा क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङको बीच भागमा रहेको हिमपहिरोपछि लेदोसहितको बाढी बूढीगण्डकीमा मिसिँदा तटीय क्षेत्रमा भौतिक क्षति पुगेको हो।

प्रहरीका अनुसार बाढीका कारण गाडी आवतजावत गर्न मिल्ने एउटा पक्की पुलसमेत भत्किएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म १८ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीले ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुर्‍याए पनि हालसम्म कुनै मानवीय वा चौपायाको क्षति नभएको सुरक्षा निकायले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरू निरन्तर खटिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *