October 11, 2026, 5:11 pm
» प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » बाढी प्रभावित क्षेत्रमा उद्दार र सुरक्षित स्थानान्तरणको लागि प्रभावकारी प्रहरी परिचालन » त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन » कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे » अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु, चालक घाइते

बाढी प्रभावित क्षेत्रमा उद्दार र सुरक्षित स्थानान्तरणको लागि प्रभावकारी प्रहरी परिचालन

अशोज २५, २०८३ मा प्रकाशित | ३४०४ दर्शक तीव्रखबर

काठमाडौं / बुढीगण्डकीमा आएको बाढीका कारण गोरखाको बाढी प्रभावित क्षेत्रमा उद्दार कार्य तथा आम नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि उक्त क्षेत्रहरूमा प्रभावकारी रूपमा प्रहरी परिचालन भइरहेको छ । प्रहरीले प्रभावित क्षेत्रहरूमा विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा बाढीको जोखिममा रहेका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने कार्य गरिरहेको छ ।

बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दाहरूलाई नदी किनार र जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा रहन, जोखीमयुक्त पुल र सडकबाट आवतजावत नगर्न, स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न नेपाल प्रहरीले अनुरोध समेत गरिरहेको छ ।

गोरखा चुमनुव्री गाउँपालिका-६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गई सोही स्थान भएर बग्ने बुढीगण्डकी नदी थुनिएर लेदो सहितको बाढीका कारण हालसम्म ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा चुमनुव्री गाउँपालिका-६ चुम्चेत उङ्गिलुङ बस्ने ६५ वर्षीय सोनाम लामा, ६० वर्षीया लाप्पा ठोर्मा लामा, ६८ वर्षीय कर्मा लामा, ६० वर्षीया सोम्बुती लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेका छन् । बेपत्ताको खोजी कार्य जारी छ । साथै बाढी प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्दार गरिएको छ ।

बाढीका कारण २६ वटा घर, ९ वटा गोठ, ४ वटा पुल, १ वटा सरकारी कार्यालय लगायतका भौतिक संरचनाहरूमा क्षति पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा १ सय ४३ जना प्रहरी कर्मचारीहरूलाई परिचालित गरिएको छ । विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट तत्काल परिचालन हुन सक्ने गरी ५० जनाको जनशक्ति तयारी अवस्थामा समेत राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *