November 24, 2026, 10:56 am
» नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ५५ करोड माथि » गगन थापाको कडा सन्देश : बालेनको भारत भ्रमणमा उपलब्धि देखिएन, रास्वपाको विवादमा कांग्रेस नपस्ने » प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » बालेनको भारत भ्रमण उपलब्धिविहीन ! एसडी मुनिले खोले भारतको हवाई रुट प्रस्तावभित्रको चीन कार्ड » एनभिडियामा जेन्सेन हुआङको नाटकीय पुनरागमन, मुख्यालयमा कर्मचारीको भव्य स्वागत !

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ५५ करोड माथि

मंसिर ८, २०८३ मा प्रकाशित | २०४ दर्शक तीव्रखबर

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेर बन्द भएको छ । सोमबार सामान्य अंक बढेको नेप्सेले पनि सोही क्रमलाई निरन्तरता दिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंक बढेर २६३८.९५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.८६ अंक, फ्लोट इण्डेक्स १.२५ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५३ अंक बढेको छ।

१३ मध्ये ११ उपसमूहको परिसूचक बढेको छ । बैंकिङ १.२४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार तीन अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज पाँच अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँबराबरको एक करोड ४६ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सोल्टी होटल कम्पनीको ३२ करोड १७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको करिब ३१ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको करिब २३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

आज एभरेष्ट कलरको सेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *