November 24, 2026, 6:43 am
» जनताको कमाइमा दलालको रजगज, लगानी डुब्दा सरकार किन रमिते ? » एनभिडियामा जेन्सेन हुआङको नाटकीय पुनरागमन, मुख्यालयमा कर्मचारीको भव्य स्वागत ! » सुन-चाँदीको मूल्यमा वृद्धि, आज कति पुग्यो प्रतितोला ? » गुरु नानकको जन्मजयन्ती आज मनाइदै » विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति?

एनभिडियामा जेन्सेन हुआङको नाटकीय पुनरागमन, मुख्यालयमा कर्मचारीको भव्य स्वागत !

मंसिर ८, २०८३ मा प्रकाशित | २७०४ दर्शक तीव्रखबर

क्यालिफोर्निया । कृत्रिम बुद्धिमत्ता (एआई) चिप निर्माण क्षेत्रमा विश्वकै अग्रणी कम्पनीमध्ये एक एनभिडियाका सह-संस्थापक जेन्सेन हुआङको नेतृत्वलाई लिएर नयाँ घटनाक्रम सार्वजनिक भएको छ।

राजीनामा दिएको दुई साता पनि नबित्दै कम्पनीको सञ्चालक समितिले उनलाई पुनः अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नियुक्त गरेको समाचारमा उल्लेख गरिएको छ।

नोभेम्बर २३ मा क्यालिफोर्नियाको सान्ता क्लारास्थित एनभिडियाको मुख्यालयमा फर्किएका हुआङलाई कर्मचारीहरूले हर्षोल्लास र ताली बजाउँदै भव्य स्वागत गरेका थिए। उनको पुनरागमनलाई प्रविधि तथा कृत्रिम बुद्धिमत्ता क्षेत्रको महत्वपूर्ण घटनाक्रमका रूपमा प्रस्तुत गरिएको छ।

मुख्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै हुआङले कठिन समयमा कर्मचारीहरूले देखाएको साथ, सहयोग र समर्थनप्रति आभार व्यक्त गरेका थिए। उनले विगतका अनुभवबाट पाठ सिक्दै यसपटक अझ प्रभावकारी नेतृत्व प्रदान गर्ने र कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको समाचारमा जनाइएको छ।

एआई प्रविधिको तीव्र विकाससँगै विश्व बजारमा एनभिडियाको प्रभाव बढिरहेको अवस्थामा कम्पनीको नेतृत्वसम्बन्धी यो घटनाक्रमलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *