तीव्रखबर
काठमाडौं। मंगलबार बिहान ताप्लेजुङको ओलाङचुङगोला र तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। यस भूकम्पको धक्का राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न पूर्वी तथा मध्य भागहरूमा समेत महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेट जाँदा ताप्लेजुङको ओलाङचुङगोलास्थित तिब्बत सीमा क्षेत्र नजिक केन्द्रबिन्दु बनाई उक्त भूकम्प गएको हो।
भूकम्पको तीव्रता ५.६ म्याग्निच्युड रहेको र यसको धक्का काठमाडौं उपत्यकासहित पूर्वी र मध्य तराई तथा पहाडी जिल्लाहरूमा समेत स्पष्ट रूपमा महसुस गरिएको थियो।
भौगोलिक बनावटका दृष्टिले नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्दछ। विशेष गरी हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ साना तथा मझौला खालका भूकम्पहरू निरन्तर रूपमा गइरहने गर्दछन्। भूकम्पविद्हरूका अनुसार लामो समयदेखि पश्चिम नेपालमा ठूलो भूकम्प नगएका कारण त्यहाँ जोखिम अझै उच्च रहेको छ।
प्रतिक्रिया