November 23, 2026, 2:57 pm
» चितवनमा तीन हजार २८२ को निःशुल्क आँखा परीक्षण » भारतको सहयोगमा झापामा इन्धन भण्डारण केन्द्र बन्ने, सिलिगुडीदेखि पाइपलाइन विस्तार गरिने » प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता » मनकामना केबलकारबाट दुई करोड यात्रुले गरे यात्रा » प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट

भारतको सहयोगमा झापामा इन्धन भण्डारण केन्द्र बन्ने, सिलिगुडीदेखि पाइपलाइन विस्तार गरिने

मंसिर ७, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

काठमाडौं । नेपाल आयल निगमले भारतको सहयोगमा झापामा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र निर्माण गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार नयाँदिल्लीमा परियोजनाको शिलान्यास गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गरिनेछ । यसमध्ये भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर पाइपलाइन रहनेछ । पाइपलाइनको व्यास ८ इन्च हुनेछ ।

परियोजनाअन्तर्गत झापामा ६ हजार ६०० किलोलिटर क्षमताको पेट्रोल भण्डारण ट्याङ्की र १२ हजार ३०० किलोलिटर क्षमताको डिजेल भण्डारण ट्याङ्कीसहित आधुनिक टर्मिनल निर्माण गरिनेछ । उक्त परियोजना भारत सरकारको पूर्ण अनुदानमा निर्माण हुने निगमले जनाएको छ ।

यसैगरी, भारतको सहयोगमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना पनि हस्तान्तरण गरिएको छ । दोस्रो चरणमा ४ हजार १०० किलोलिटर क्षमताका दुईवटा पेट्रोल ट्याङ्की, २४ वटा स्वचालित ट्याङ्कर लोडिङ ग्यान्ट्री, टर्मिनल स्वचालन प्रणाली, गुणस्तर नियन्त्रण प्रयोगशाला र अग्नि नियन्त्रण सुविधाको निर्माण तथा स्तरोन्नति गरिएको छ ।

परियोजना सम्पन्न भएपछि अमलेखगञ्ज नेपालकै पहिलो अत्याधुनिक टर्मिनल बन्ने निगमले जनाएको छ । यो परियोजना नेपाल सरकार र भारत सरकारबीच सन् २०१५ मा भएको सरकारी तहको सम्झौता तथा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच भएको व्यावसायिक सम्झौताअनुसार निर्माण गरिएको हो ।

निगमका अनुसार दुवै परियोजनाले नेपालको पेट्रोलियम पदार्थ भण्डारण तथा आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *