November 23, 2026, 10:52 am
» जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु » प्रधानमन्त्री शाहले मोदीसँगको पत्रकार सम्मेलनमा गरेको सम्बोधनको पूर्णपाठ » नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार » पारस्परिक सम्मान र विश्वास नै नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो : प्रधानमन्त्री शाह » भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति

जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु

मंसिर ७, २०८३ मा प्रकाशित | १४०४ दर्शक तीव्रखबर

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीमा जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

घ्याङलेखबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जन जिपको ढोकाको लक अचानक खुल्दा खसेर घाइते भएका थिए ।

उनीलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएकोमा सोमबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले जिप र चालक कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *