तीव्रखबर
काठमाडौँ – तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारका लागि भारतले नेपाललाई उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाह प्रयोग गर्न दिने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा सम्पन्न दुई देशबीचको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन् ।
नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न माग गर्दै आएको थियो । सन् २०१९ मै ती दुई बन्दरगाह प्रयोगबारे सैद्धान्तिक सहमति भए पनि यसपटक उही राज्यका सरकारी स्वामित्वमा रहेका फरक बन्दरगाह प्रयोगको अनुमति दिने सहमति भएको हो ।
निजी क्षेत्रको अडानी समूहले व्यवस्थापन गर्दै आएका धाम्रा र मुन्द्राको सट्टा भारत सरकारद्वारा सञ्चालित बन्दरगाहमा नेपाललाई पहुँच दिइएको हो ।
प्रतिक्रिया