November 23, 2026, 11:26 am
» मनकामना केबलकारबाट दुई करोड यात्रुले गरे यात्रा » प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट » जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु » प्रधानमन्त्री शाहले मोदीसँगको पत्रकार सम्मेलनमा गरेको सम्बोधनको पूर्णपाठ » नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार

मनकामना केबलकारबाट दुई करोड यात्रुले गरे यात्रा

मंसिर ७, २०८३ मा प्रकाशित | १३०४ दर्शक तीव्रखबर

चितवन– गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शनका लागि सञ्चालनमा रहेको मनकामना केबलकारबाट २८ वर्षको अवधिमा दुई करोड १२ लाखभन्दा बढी यात्रुले यात्रा गरेका छन् ।

विसं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकार २९औँ वर्षमा प्रवेश गरेको अवसरमा मनकामना दर्शन प्रालिले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा तल्लो स्टेसन रहेको केबलकारको लम्बाइ ३ दशमलव ०२ किलोमिटर छ । यसमार्फत नेपालीसँगै भारतीय तथा अन्य देशका पर्यटकले मनकामना मन्दिर पुगेर दर्शन गर्दै आएका छन् ।

संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र स्थापनामा सुरु भएको केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ ।

२९औँ वर्ष प्रवेशका अवसरमा जारी विज्ञप्तिमा कम्पनीले केबलकार सञ्चालनमा सहयोग पुर्‍याउने सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।

यात्रुको माग, सेवा, सुविधा र हितलाई ध्यानमा राख्दै कम्पनीले पछिल्लो समय मनकामना मन्दिर नजिकै मनकामना हिलक्रेस्ट रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । यसबाट धार्मिक पर्यटनसँगै पर्यटकलाई थप सुविधा उपलब्ध गराउने कम्पनीको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *