November 18, 2026, 8:42 am
» परराष्ट्रमन्त्री खनालसँग चिनियाँ मैत्री संस्थाका प्रमुख वानमिङको भेटवार्ता » काठमाडौंलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै » देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो- ओली » भारत भ्रमणको तयारी तीव्र: प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलबीच भेटवार्ता » सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु

देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो- ओली

मंसिर २, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश आतंकको छायाँमुनि चलिरहेको टिप्पणी गरेका छन् ।

बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले स्वेच्छाचारी शासन चलिरहेको बताए ।

उनले भने- ‘अहिले देश आतंकको छायाँमुनि, भय र त्रासको वातावरणमुनि, असंवैधानिक गैरकानुनी क्रियाकलापको पेलाइमा स्वेच्छाचारी शासनअन्तर्गत चलिरहेको छ ।’

उनले फासीवादतर्फ, दमनकारी प्रतिशोधी व्यवहार अघि बढिरहेको बताउदै आर्थिक हिसाबले देश अधोगतिमा गइरहेको र सामाजिक मूल्यमान्यता खस्किरहेको टिप्पणी गरेका छन् ।

यस्तो अवस्थामा सबै जनता अगाडी आउनुपर्ने भन्दै एमालेले सबैलाई एक ठाउमा ल्याएर आन्दोलनको नेतृत्व गर्ने बताए ।

ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताउदै निर्वाचनपश्चात बनेको सरकारको कामबाट सबै क्षेत्रमा निराशा मात्र बढिरहेको बताए । उनले असंवैधानिक ढंगले भएको संसद् विघटन भएको दोहोर्‍याए। ओलीले अदालतले केही नभएजस्तो गरी असंवैधानिक ढंगले विघटन भएको संसद्को मुद्दा केही नभएजस्तो गरी अदालतमा थन्किएको भन्दै आपत्ति जनाए ।

उनले जनतालाई झुक्याएर छलेर जेनजी विद्रोहको बहाना बनाएर तालिम प्राप्त अपराधि भित्र्याएर देशमा वितण्डता मनाइएको र राज्यका तीनै अंगमाथि हमला भएको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *