November 18, 2026, 8:42 am
» परराष्ट्रमन्त्री खनालसँग चिनियाँ मैत्री संस्थाका प्रमुख वानमिङको भेटवार्ता » काठमाडौंलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै » देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो- ओली » भारत भ्रमणको तयारी तीव्र: प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलबीच भेटवार्ता » सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु

एमालेको राष्ट्रिय भेला शुरु, ओलीले गरे उद्घाटन

मंसिर २, २०८३ मा प्रकाशित | १७०४ दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी भेलाको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले  आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेला आयोजना गरिएको हो ।

मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरेको छ । गत असोज ५ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यान्यवनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए ।

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । भेलामा ३४१४ प्रतिनिधि सहभागी हुदैछन् ।

भेलालाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् र उनको सम्बोधनपछि उद्घाटन समारोह सकिने जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *