November 18, 2026, 8:42 am
» परराष्ट्रमन्त्री खनालसँग चिनियाँ मैत्री संस्थाका प्रमुख वानमिङको भेटवार्ता » काठमाडौंलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै » देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो- ओली » भारत भ्रमणको तयारी तीव्र: प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलबीच भेटवार्ता » सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई प्रतिरक्षा प्रणाली सक्रिय

मंसिर २, २०८३ मा प्रकाशित | २००४ दर्शक तीव्रखबर

काठमाडौँ – कुवेतको सेनाले देशको हवाई क्षेत्रमा शत्रुतापूर्ण ड्रोन आक्रमणको सामना गर्न हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरेको जनाएको छ ।

कुवेती सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै आफ्नो हवाई प्रतिरक्षा प्रणालीले अहिले शत्रुतापूर्ण ड्रोन आक्रमणलाई निष्क्रिय पार्ने प्रयास गरिरहेको जानकारी दिएको हो ।

कुवेती सेनाको जनरल स्टाफका अनुसार देशका विभिन्न क्षेत्रमा सुनिएका विस्फोटका आवाज हवाई प्रतिरक्षा प्रणालीले ड्रोन आक्रमण रोक्ने क्रममा उत्पन्न भएका हुन् ।

बीबीसी फारसीका अनुसार इरानी सञ्चारमाध्यमले अरब स्रोतलाई उद्धृत गर्दै कुवेतमा विभिन्न स्थानमा विस्फोट भएको खबर सार्वजनिक गरेका छन् ।

यसअघि इरानले बहराइनस्थित अमेरिकी रडार केन्द्रहरूमा आक्रमण गरेको घोषणा गरेको थियो । इरानले खाडी क्षेत्रका केशम र सिरिकलगायत तटीय क्षेत्रमा अमेरिकाले गरेको हवाई आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको दाबी गरेको थियो ।

इरानले आफ्नो भूमिमा आक्रमण भए क्षेत्रीय सीमाभन्दा बाहिर रहेका अमेरिकी सैन्य अखडालाई समेत निशाना बनाउन सक्ने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *