तीव्रखबर
काठमाडौँ- स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा आज गिरावट आएको छ । बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ३८० रुपैयाँ निर्धारण गरिएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार ४९० रुपैयाँ रहेको थियो ।
मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया