November 18, 2026, 8:42 am
» परराष्ट्रमन्त्री खनालसँग चिनियाँ मैत्री संस्थाका प्रमुख वानमिङको भेटवार्ता » काठमाडौंलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै » देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो- ओली » भारत भ्रमणको तयारी तीव्र: प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलबीच भेटवार्ता » सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु

पूर्वाधार मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

मंसिर २, २०८३ मा प्रकाशित | २१०४ दर्शक तीव्रखबर

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित हाजिर नभएको तथा स्वीकृतिबिना बिदामा बसेका सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।

मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाएको हो ।

सेवाबाट हटाइएकामध्ये छ जना कार्यालयमा अनुपस्थित रहेको र एक जना स्वीकृतिबिना बिदामा बसेको कसुरमा कारबाहीमा परेका छन् ।

कार्यालयमा हाजिर नभएको कसुरमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेललाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, स्वीकृत नगराई बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *