November 18, 2026, 8:42 am
» परराष्ट्रमन्त्री खनालसँग चिनियाँ मैत्री संस्थाका प्रमुख वानमिङको भेटवार्ता » काठमाडौंलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै » देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो- ओली » भारत भ्रमणको तयारी तीव्र: प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलबीच भेटवार्ता » सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु

एमालेको राष्ट्रिय भेला आजदेखि, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

मंसिर २, २०८३ मा प्रकाशित | २१०४ दर्शक तीव्रखबर

काठमाडौँ- नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम छ ।

भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको पार्टीले जनाएको छ । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले गर्नुपर्ने १५ वटा कामका विषयमा छलफल हुनेछ । भेलाका एजेन्डालाई सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ ।

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।

भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।

भेलाले पार्टीको आगामी राजनीतिक कार्यदिशा र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गरी आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *