November 11, 2026, 8:29 pm
» न्युनचापीय प्रणालीको प्रभाव : आज र भोलि कहाँ कहाँ हुँदैछ वर्षा ? » देउसी-भैलोसम्बन्धी गृह मन्त्रालयले जारी गर्‍यो ७ बुँदे निर्देशन » टर्कीको स्टिल कारखानामा विस्फोट, तीन जनाको मृत्यु, १० बेपत्ता » ‘टाइम’ को १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले » सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

न्युनचापीय प्रणालीको प्रभाव : आज र भोलि कहाँ कहाँ हुँदैछ वर्षा ?

कार्तिक २५, २०८३ मा प्रकाशित | ६३०४ दर्शक तीव्रखबर

काठमाडौं : हाल नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।

 मधेश तथा कोशी र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कोशी र बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।

बिहीबार कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *