November 10, 2026, 6:10 pm
» देउसी-भैलोसम्बन्धी गृह मन्त्रालयले जारी गर्‍यो ७ बुँदे निर्देशन » टर्कीको स्टिल कारखानामा विस्फोट, तीन जनाको मृत्यु, १० बेपत्ता » ‘टाइम’ को १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले » सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? » इरान युद्धलाई लिएर अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोगको तयारी

देउसी-भैलोसम्बन्धी गृह मन्त्रालयले जारी गर्‍यो ७ बुँदे निर्देशन

कार्तिक २३, २०८३ मा प्रकाशित | २७०४ दर्शक तीव्रखबर

काठमाडौं । गृह मन्त्रालयले तिहारका अवसरमा खेलिने देउसीभैलो कार्यक्रमलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई ७ बुँदे निर्देशन जारी गरेको छ।

मन्त्रालयले स्थानीय प्रशासनलाई पत्राचार गर्दै देउसीभैलो कार्यक्रम सञ्चालनका लागि कुनै पनि समयसीमा नतोक्न र २४सै घण्टा सञ्चालन गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो।

मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार पठाइएको उक्त परिपत्रमा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावलाई प्रोत्साहन गर्दै पर्वलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरिएको छ।

मन्त्रालयले जारी गरेका प्रमुख निर्देशनहरूमा देउसीभैलो पूर्ण रूपमा स्वेच्छिक हुनुपर्ने र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने उल्लेख छ। साथै, चाडपर्वको आडमा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने जस्ता गतिविधिहरूमा पूर्ण प्रतिबन्ध लगाउन भनिएको छ।

यसैगरी, अश्लील नृत्य, गीतसङ्गीत वा विभिन्न समुदायबीच द्वेष फैलाउने गतिविधि रोक लगाउन, अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रहरूमा ठूलो आवाजमा ध्वनि उपकरण प्रयोग नगर्न र सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न समेत विशेष ध्यान दिनुपर्ने गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *