October 12, 2026, 8:15 am
» छरिएको कांग्रेसलाई एक बनाएर अघि बढ्छौँ : महामन्त्री संग्रौला » पृथ्वी राजमार्ग आजराति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द हुने » गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान » उत्तर कोरियाको पूर्वी समुद्री क्षेत्रतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, कोरियाली प्रायद्वीपमा तनाव बढ्दै » साढे दुई घण्टा पहिरोमा पुरिए चालक, जेसीबी लगाएर गरियो उद्धार

साढे दुई घण्टा पहिरोमा पुरिए चालक, जेसीबी लगाएर गरियो उद्धार

अशोज २६, २०८३ मा प्रकाशित | २५०४ दर्शक तीव्रखबर

मुगु । मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सुक्खा पहिरो खस्दा स्काईभेटरसहित पुरिएका चालकको उद्धार गरिएको छ। दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् भने सहचालक पनि घाइते भएका छन्।

सोमबार बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा माथिबाट एक्कासि सुक्खा पहिरो खसेको थियो। पहिरोमा बा.३ क. ३२७६ नम्बरको स्काईभेटरसहित चालक पुरिएका थिए।

प्रहरीका अनुसार पहिरोमा पुरिने चालक बझाङको बुङ्गल नगरपालिका–१० निवासी २४ वर्षीय बिमल बाग हुन्। उनको बिहान १०:३० बजे जेसीबीको सहायताले पहिरो पन्छाएर उद्धार गरिएको थियो।

गम्भीर अवस्थामा रहेका बागलाई बा.प्र.०१–००४ क. ६४८३ नम्बरको ट्रकमार्फत उपचारका लागि रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।

त्यस्तै, स्काईभेटरका सहचालक मुगुको सोरु गाउँपालिका–१ निवासी २२ वर्षीय विनय मल्ल पहिरोसँगै खसेको ढुङ्गाले लागेर घाइते भएका छन्। उनको हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि माझचौर मेडिकल पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *