September 15, 2026, 6:08 am
» सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? » तीजमा तडकभडक नगर्न प्रचण्डको आग्रह: “बाढीपीडितको दुःख सम्झौँ” » भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता » आज हिन्दू नारीहरूको हरितालिका तीज » शान्ति सुरक्षादेखि सम्पदा संरक्षणसम्म महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की

तीजमा तडकभडक नगर्न प्रचण्डको आग्रह: “बाढीपीडितको दुःख सम्झौँ”

भदौ २९, २०८३ मा प्रकाशित | ११०४ दर्शक तीव्रखबर

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको प्रलयकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकाले यस वर्षको हरितालिका तीज संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ मनाउन आग्रह गरेका छन्।

तीज पर्वका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले बाढीको विनाशले निम्त्याएको दुःखद घडीमा विगतका वर्षहरूझैँ उल्लासका साथ तीज मनाउने अवस्था नरहेको उल्लेख गरेका छन्।

“दुःखमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै पीडितको उद्धार, राहत र पुनःस्थापनामा आ–आफ्नो ठाउँबाट सहयोग गरौँ,” अध्यक्ष प्रचण्डले सन्देशमा भनेका छन्, “हाम्रो संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा बदलौँ।” उनले विपत्को यस समयमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूलाई संयमित भएर पर्व मनाउन अपिल गर्दै हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *