September 13, 2026, 8:47 pm
» शान्ति सुरक्षादेखि सम्पदा संरक्षणसम्म महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की » आईजीपी दानबहादुर कार्कीले गरे गौशाला प्रहरी वृत्तको पुनर्निर्मित भवन उद्घाटन » जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन गृहकार्य भइरहेको छ- ऊर्जामन्त्री श्रेष्ठ » कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम तीव्र » सुन भन्दै एक करोड ३९ लाखभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

शान्ति सुरक्षादेखि सम्पदा संरक्षणसम्म महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की

भदौ २८, २०८३ मा प्रकाशित | १९०४ दर्शक तीव्रखबर

काठमाडौं / प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण, सार्वजनिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा निर्वाह गरेको  भूमिका सराहनीय रहेकोबताउनुभयो ।

काठमाडौं महानगर प्रहरी बलको ३४ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभा गृहमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रमा प्रहरी महानिरीक्षक कार्कीले वार्षिकोत्सवका अवसरमा सम्पूर्ण महानगर प्रहरी बल परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा आफ्नो जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगले सम्पादन गर्दै काठमाडौं महानगरपालिकाको सुशासन, शहरी व्यवस्थापन र नागरिक सेवाको प्रभावकारिता अभिवृद्धिमा थप योगदान पुर्‍याओस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले काठमाडौं महानगर प्रहरी बलले तीन दशकभन्दा लामो समयदेखि महानगरपालिकाको नीति, निर्णय र निर्देशन कार्यान्वयन गर्दै निर्वाह गरेको भूमिकाको चर्चा गर्दै विपद्को समयमा खोज, उद्दार, राहत वितरणमा लगायतमा नेपाल प्रहरीसँग समन्वयका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

महानगर प्रहरी बलको कामको प्रकृति र नेपाल प्रहरीको कामको प्रकृति फरक भएता पनि नागरिक सेवा, सार्वजनिक सुरक्षा, शान्ति, सुव्यवस्था र सुरक्षित तथा व्यवस्थित शहर निर्माण गर्नु दुबैको साझा उद्देश्य रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले स्वच्छ, सुन्दर, सुरक्षित र व्यवस्थित महानगरको परिकल्पनालाई सार्थक बनाउन सडक सुरक्षा, ट्राफिक तथा शहरी आवागमन व्यवस्थापन, फुटपाथ व्यवस्थापन, साधन स्रोत व्यवस्थापन, विपद् तथा आपत्कालिन  प्रतिकार्य, ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदा संरक्षण, शहरी क्षेत्रको समग्र शान्ति, सुरक्षा, अपराध नियन्त्रण, Smart City Security, समुदाय-प्रहरी साझेदारी लगायतमा नेपाल प्रहरी सदैव साथमा रहने र आगामी दिनमा महानगरको सहयोग अझ घनीभूत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *